खुकुरी कप क्रिकेटमा बालुवाटार र इञ्जिनियरिङ कलेज विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१८
  • |
  • 206 पटक हेरिएको

माघ १८, काठमाडौं । काठमाडौंमा जारी खुकुरी कप क्रिकेटमा बालुवाटार क्रिकेट एकेडेमी र पुल्चोक इञ्जिनियरिङ क्लवले आआफ्नो खेलमा जित दर्ता गरेका छन् ।

मूलपानी क्रिकेट मैदानमा बिहीबार सम्पन्न समूह बीको खेलमा बालुवाटार क्रिकेट एकेडेमीले त्रिमूर्ति व्वाइजलाई १० विकेटले पराजित गर्दा पुल्चोक इञ्जिनियरिङ क्याम्पसको टोलीले लर्ड बुद्ध क्रिकेट क्लवलाई ७ विकेटले हरायो ।

बिहीबारको खेलमा त्रिमूर्तिले दिएको ९० रनको लक्ष्य बालुवाटारले ९.१ ओभरमा विना क्षति पूरा गरेको थियो । बालुवाटारका लागि ओपनर प्रनित थापामगरले ५८ रन बनाउँदा सुमन उदयले २६ रनको अविजित पारी खेले ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको त्रिमूर्तिले २० ओभरमा सबै विकेट गुमाएर ८९ रनको झिनो योगफल बनायो । त्रिमूर्तिलाई सस्तैमा समेट्न बालुवाटारका क्षितिज सिंहले ३ तथा अमरसिंह रौतेलाले २ विकेट लिए । त्रिमूर्तिका हिमांशु दत्तले सर्बाधिक २३ रन बनाएका थिए ।

अर्को खेलमा लर्ड बुद्धले दिएको १४० रनको लक्ष्य पुल्चोक क्याम्पसको टोलीले १९.२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । पुल्चोकका लागि कप्तान गौरव खड्काले ५० रनको अर्धशतकीय पारी खेले भने पंकजकुमार दाशले अविजित ४४ रन बनाए । त्यस्तै प्रमोद जैसवालले पनि अविजित २३ रन बनाए । पुल्चोकले २१ अतिरिक्त रन पाएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लर्ड बुद्धले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३९ रन बनायो । उसका लागि ओपनरहरु अविशेस थापामगरले ३४ तथा बिनोद खड्काले २८ रन बनाएपछि मध्यक्रमका ब्याट्सम्यानहरुले निराशाजनक प्रदर्शन गरे । अन्तिम क्रमका ब्याट्सम्यान मनिस श्रीवास्तवले ३४ रन बनाएका थिए ।

बलिङतर्फ पुल्चोकका चिरञ्जीवी पाण्डे र नवराज न्यौपानेले समान २÷२ विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey