नेपालले यो बर्ष एसीसीका २ प्रतियोगिता खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१८
  • |
  • 236 पटक हेरिएको

एशियन क्रिकेट काउन्सिलको आयोजनामा सेप्टेम्बरको पहिलो साता देखि एशिया कप छनोट हुने भएको छ । जसका लागि नेपाल सहित ६ देशविच छनोट प्रतियोगिता हुनेछ ।

एशिया कप छनोटमा नेपाल समुह ए मा परेको छ । जसमा नेपालसँगै हङकङ र मलेसिया रहेका छन । समुह बी मा सिङगापुर युएई र ओमान छन ।

कुल ६ टिमको सहभागिता हुने एशिया कपमा पाँच टेष्ट राष्ट्रको सहभागिता हुनेछ । जसमा भारत,पाकिस्तान,अफगानिस्तान,बङ्लादेश र श्रीलङकाले सोझै खेल्ने पाउनेछन ।

बाँकी एक टिमको टुङगो छनोट खेलबाट लाग्नेछ ।

एसोसियट देश विच हुने छनोट खेलमा शिर्ष स्थानमा आउने देशले एशिया कप खेल्न पाउनेछ । छनोट खेल खेल्नेमा मलेशिया,नेपाल,हङकङ,सिङ्गापुर,ओमन र युइई रहेका छन ।

प्रतियोगिता सेप्टेम्बर १५ देखि ३० तारिखसम्म हुनेछ । एशिया कप पछि अक्टोबरमा बङगलादेशमा युथ एशिया कप हुनेछ भने डिसेम्बरमा पाकिस्तानमा इमर्जिङ टिम्स एशिया कप हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey