आहा रारा गोल्डकपको उपाधिका लागि पुलिस र थ्रीस्टार भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१८
  • |
  • 199 पटक हेरिएको

माघ १८, कास्की । १६औं आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि नेपाल पुलिस र थीस्टार क्लव आमने सामने हुने भएका छन् ।

पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा धरान फुटबल क्लवलाई १–० गोलअन्तरले हराउँदै पुलिसले थ्रीस्टारसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशी क्लव उत्तर बरिधारालाई ५–० ले हराउँदै थ्रीस्टारले फाइनल यात्रा तय गरेको थियो ।

पुलिसको जितमा खेलको २२औं मिनेटमा सुमन लामाले गरेको पेनाल्टी गोल निर्णायक बन्यो । धरानका रोमन लिम्बुले रवि पासवानलाई डिबक्सभित्र फल गरेपछि पुलिसले पेनाल्टी पाएको थियो ।

त्यसयता दोस्रो हाफमा पनि पुलिसले धरानमाथि दवाव कायम गरेको थियो । तर, गोल भने गर्न सकेन ।

सिजनको पहिलो उपाधिको खोजीमा रहेको नेपाल पुलिस र दोस्रो उपाधि नजिक रहेको थ्रीस्टारबीच शनिबार फाइनल हुनेछ । थ्रीस्टारले गत शनिबार इटहरीमा सम्पन्न मदन भण्डारी स्मृति गोल्डकपको उपाधि जितेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal