नेपालको राष्ट्रिय फुटबल टोलीलाई स्पेनिस ब्राण्ड केल्मीको प्रायोजन

0

माघ १८, ललितपुर । स्पेनिस ब्राण्ड केल्मीले नेपाली राष्ट्रिय फुटबल टोली (जुनियर तथा सिनियर, महिला/पुरुष)लाई प्रायोजन गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा केल्मीका प्रतिनिधि तथा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले केल्मीको लोगोअंकित फुटबल किट सार्वजनिक गरे ।

चीन फुटबल संघको सहयोगमा केल्मी चीनले गत अगष्टमै नेपालको राष्ट्रिय टोलीलाई प्रायोजन गर्ने सम्झौता भइसकेको थियो ।

सम्झौताअनुसार केल्मेले नेपाली राष्ट्रिय टोलीका लागि

Men Bib: 514 pcs
Football Set: 1097 Pcs
Men’s Pant: 150 Pcs
GK sets: 6 Sets
Shoulder Bag: 55 Pcs
Big Ball Bag: 10 Pcs
Football Socks: 1706 Pcs
Polo: 100 Pcs
Training Jacket: 150 Pcs प्रदान गर्नेछ । यो वार्षिक सम्झौता हो ।

एक वर्षका लागि केल्मीले ५५ हजार डलर बराबरको फुटबल सामाग्री उपलब्ध गराउनेछ भने त्यसपछि आगामी तीन वर्षका लागि प्रायोजन गर्ने मौखिक सहमति भएको एन्फाले जनाएको छ ।

नेपालले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता यही ब्राण्डको लोगो अंकित जर्सी लगाउनेछ । एशियन कप छनोट अन्तर्गत आगामी मार्चको अन्तिममा हुने यमनबिरुद्धको अवे खेलमा नेपालले केल्मीको लोगोअंकित जर्सी लगाउनेछ ।

यू–१४ उमेरसमूहदेखि सिनियर टोलीसम्म महिला र पुरुष दुवैका लागि केल्मीले प्रायोजन गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता तथा प्रशिक्षणमा नेपालका सबै राष्ट्रिय टोलीले केल्मीको किट प्रयोग गर्नेछन् ।

सन् १९६३ मा स्थापना भएको केल्मी ब्राण्डले सन् १९७० देखि स्पेनबाहिर आफ्नो सेवा बिस्तार गरेको थियो । यसै ब्राण्डले चीनमा पनि राष्ट्रिय टोलीलाई प्रायोजन गरिरहेको छ ।

सन् २०१७ मा एशियाली लाइसेन्स पाएपछि केल्मेले पहिलो पटक नेपाली राष्ट्रिय टोलीलाई प्रायोजन गरेको जानकारी दिएको छ ।

Post Add 1025X115
Loading...