अाेजीलले लम्ब्याए अार्सनलसँगको सम्झौता, साताको ३ लाख पाउण्ड पाउने

0

आर्सनलका स्ट्राइकर मेसुट ओजीलले आर्सनलसंगको सम्झौता नविकरण गरेका छन ।

ओजिलले आफ्नो ट्विटरमा फोटो सार्वजनिक गर्दै आर्सनलसंगको सम्झौता साढे ३ बर्षका लागि लम्ब्याएको जनाएका छन ।

नयाँ सम्झौता अनुसार ओजिलले एक साताको ३ लाख पाउण्ड पाउनेछन । यो समरमा ओजिलको आर्सनलसंगको सम्झौता सकिने थियो ।

त्यसअघि नै आर्सनलले पनि ओजिललाई क्लवमा राख्ने बताउदै आएपनि नयाँ सम्झौताका बारेमा भने खुलाएको थिएन ।

तर ओजिल आफैले आफना फ्यानका लागि अटोग्राफ दिदै गरेको तस्विर सार्वजनिक गर्दै आर्सनलसँग नया सम्झौता गरेको खुलासा गरेका हुन ।

नयाँ सम्झौता अनुसार ओजिल प्रिमियर लिगमा राम्रो पारिश्रमिक पाउने खेलाडीको सुचिमा परेका छन ।

बुधबार नै आर्सनलले बुर्सिया डर्टमुन्डका मिडफिल्डर पियरे एकरीक ओबामायाङलाई ५६ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।

Post Add 1025X115
Loading...