आहा राराको सेमिफाइनलमा आज पुलिस र धरान भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१८
  • |
  • 183 पटक हेरिएको

माघ १८, कास्की । पोखरामा जारी आहा रारा गोल्डकप फुटबलमा आज दोस्रो सेमिफाइनल अन्तर्गत नेपाल पुलिस र धरान फुटबल क्लवबीच खेल हुनेछ ।

पोखरा रंगशालामा दिउँसो ३ बजेदेखि सुरु हुने खेलको बिजेताले थ्रीस्टारसँग शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

थ्रीस्टार हिजो भएको पहिलो सेमिफाइनलमा बंगलादेशी क्लव उत्तर बरिधारालाई ५–० गोलले हराउँदै फाइनलमा पुगेको थियो ।

क्वार्टरफाइनलमा पुलिसले मनाङ मर्स्याङ्दी र धरानले त्रिभुवन आर्मी क्लवलाई हराउँदै सेमिफाइनलमा भेट पक्का गरेका थिए । दुवै टोली सिजनको पहिलो उपाधिको खोजीमा हुनेछन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal