कोपा अमेरिकाः कोलम्बियाले इक्वेडरलाई हरायो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 669 पटक हेरिएको

एजेन्सी । कोपा अमेरिका फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा कोलम्बियाले इक्वेडरमाथि १–० गोलअन्तरको जित निकालेको छ ।

कोरोना महामारीका कारण अर्जेन्टिनाबाट ब्राजिलमा सरेको प्रतियोगिताको दोस्रो खेलमा कोलम्बियाले पहिलो हाफमा गोल गरेको थियो ।

तुलनात्मक रुपमा कमजोर देखिएको इक्वेडरमाथि खेलको ४२ औं मिनेटमा मिडफिल्डर इडविन कार्डोनाले निर्णायक गोल गरेका हुन् । उनलाई मिगुल बोर्जाले असिस्ट गरेका थिए ।

कोपा अमेरिकामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए बाट कोलम्बिया र ब्राजिलले आआफ्नो खेल जितेका छन् । ब्राजिलले आज विहान भएको उद्घाटन खेलमा भेनेजुएलालाई हराएको थियो ।

दुई समूहका शीर्ष चार टोलीले क्वाटरफाइनल खेल्ने भएका कारण ब्राजिल र कोलम्बिया लगभग क्वाटरफाइनलमा पुगेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey