कमजोर भेनेजुएलामाथि ब्राजिलको प्रभावशाली जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 366 पटक हेरिएको

कोरोना भाइरसबाट खेलाडी नै संक्रमित भएपछि प्रतियोगिता अघि नै दवाबमा आएको भेनेजुएलामाथि कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन ब्र्राजिलले प्रभावशाली जित दर्ता गरेको छ ।

आज विहान सकिएको खेलमा ब्राजिलले घेरेलु मैदानमा भेनेजुएलामाथि ३–० गोल अन्तरको जित दर्ता गरेको हो । उद्घाटन खेलको एक दिन अघि मात्रै भेनेजुएलाका खेलाडी र अफिसियल गरि १२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

ब्राजिलको जितमा नेइमारले एक गोल गरे भने अर्को एक गोलमा एसिस्ट गरेका थिए । २३ औं मिनेटमा ब्राजिलका लागि मार्कस कोरेरा (मार्किन्वस)ले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोल गरेको ब्राजिलले दोस्रो हाफमा अरु २ गोल थपेको थियो । ६४ औं मिनेटमा ब्राजिलले पेनाल्टी मार्फत अग्रता दोब्बर बनाएको थियो ।

डी बक्सभित्र ब्राजिलका ड्यानीलिलाई लुइस मार्टिनेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त अबसरलाई नेइमारले सहजै गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाए । यसैगरी ८९ औं मिनेटमा गाव्रियल बार्बोसाले गोल गरेपछि ब्राजिल सहज जित निकाल्दै तीन अंक जोड्न सफल भयो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal