युरो कप : दोस्रो हाफमा ५ गोल नेदरल्याण्ड्स विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 875 पटक हेरिएको

युरो कप २०२० मा नेदरल्याण्ड्सले विजयी शुरुवात गरेको छ ।

आइतबार राति भएको खेलमा नेदरल्याण्डसले युक्रकेनमाथि ३–२ गोल अन्तरको रोमाञ्चक जित हात पार्दै समूह सीमा तीन अंक जाडेको हो । नेदरल्याण्ड्सले युक्रेनमाथि दोस्रो जित निकालेको छ ।

यी दुई टिम तीन पटक भेट हुँदा एक पटकमात्रै खेल बराबरीमा सकिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि सबै ५ गोल दोस्रो हाफमा भएका थिए । ५२ औं मिनेटमा नेदरल्याण्ड्सले अग्रता लिएको थियो ।

कप्तान जर्जिनियो विनाल्डमले गोल गरेपवछि डच टोलीले अग्रता लिएको थियो । ५८ औं मिनेटमा वाउट वेघोर्सटले गोल गरेपछि डच टोलीले अग्रता दोब्बर बनाएको थियो ।

युक्रेनका लागि एन्ड्री यार्मोलेन्कोले ७५औं मिनेटमा पहिलो गोल फर्काउँदै अग्रता २–१ मा ल्याएका थिए भने ७९ औं मिनेटमा रोमन यारेमचुको युक्रेनका लागि बराबरी गोल गरेका थिए ।

२–२ गोलको बराबरीमा पुगेका बेला युक्रेनले ८५ औं मिनेटमा विपक्षीबाट तेस्रो गोल खान पुगेको थियो । ८५ औं मिनेटमा डेन्जल डम्फ्रिजले गोल गरेपछि नेदरल्यान्ड्सले स्पष्ट तीन अंक लिन सफल भयो ।

युक्रेनको पछिल्लो ६ युरोकप म्याचमा पहिलो पटक गोल गरेको हो । उसले पछिल्ला पाँच युरोकपमा गोल गर्नै सकेको थिएन । यो टुर्नामेन्टको इतिहासमा सर्वाधिक गोल नगरि धेरै म्याच खेल्ने टिमको रुपमा युक्रेन आएको छ ।

यो रेकर्डको शीर्ष स्थानमा युगोस्लोभाकिया रहेको छ । उसले १९६८ देखि १९८४ सम्मको युरो कपका ५ सिजनका लगातार ६ खेलमा गोल गर्न सकेको थिएन ।

युरो कपमा नेदरल्याण्ड्सको टिम १० औं पटक खेलिरहेको छ । समूह चरणको ओपनिङ खेलमा सर्वाधिक गोल भएको दोस्रो पटक हो । नेदरल्याण्ड्सले पछिल्ला ११ अन्तर्राष्ट्रिय म्याचमा एक म्याच मात्रै हारेको छ ।

६ म्याच जित्दा ४ म्याच बराबरी गरेको थियो । नेदरल्याण्ड्सले १८ जुनमा अस्ट्रियासँग प्रतिस्पर्धा गर्ने छ भने २१ जुनमा नर्थ मेसेडोनियासँग खेल्ने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey