आईसीसीद्वारा हल अफ फेम सार्वजनिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०२
  • |
  • 941 पटक हेरिएको

श्रीलंकाका पूर्व कप्तान तथा विकेट किपर ब्याट्सम्यान कुमार सांगकारा र भारतका पूर्व अलराउण्डर विनू माकन्ड आईसीसी ‘हल अफ फेम’मा सामेल भएका छन् ।

आईसीसीले आइतबार हल अफ फेममा १० खेलाडीलाई समावेश गरेको जनाएको छ ।

सांगकाराको कप्तानीमा श्रीलंकाले २०११ को विश्वकपमा फाइनलसम्मको यात्रा तय गरेको थियो । उनी उत्कृष्ट ब्याट्सम्यान र विकेटकिपर हुन् ।

उनका साथै भारतका पूर्व अलराउण्डर विनू माकन्डलाई पनि आईसीसीले स्थान दिएको छ । माकन्डले भारतका लागि ४४ टेस्ट क्रिकेट खेल्द २ हजार १ सय ९ रन बनाएका थिए भने १६२ विकेट लिएका थिए ।

सांगकारा र माकन्डका साथै दक्षिण अफ्रिकाका एब्रे फाक्नर, अस्ट्रेलियाका मोन्टी नाब्ले, वेस्टइन्डिजका सर लेरी कोस्टेटाइन, अस्ट्रेलियाका एस्टन म्याक्केबे, इंग्ल्याण्डका टेड टेक्सटर, वेस्टइन्डिजका डेसमन्ड हेयनस, इग्ल्याण्डका बब विलियस र जिम्बाब्बेका एन्डी फलावर पनि रहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey