युरो कप फुटबलमा इंग्ल्याण्डको विजयी शुरुवात

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०२
  • |
  • 1168 पटक हेरिएको

युरोपियन च्याम्पियनसिप फुटबलमा इंग्ल्याण्डको विजयी शुरुवात गरेको छ ।

समूह डी को पहिलो खेलमा इंग्ल्याण्डले क्रोएशियालाई १–० गोल अन्तरले पराजित गरेको हो । यो सँगै २०१८ को उप विजेता क्रोएशियाले युरो कपमा पराजयबाट प्रतियोगिता शुरु गर्न बाध्य भयो । उता  इंग्ल्याण्डले भने विश्वकप फुटबलको सेमिफानयमाल व्यहोरेको हारको बदला लिएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा निर्णायक गोल इंग्ल्याण्डले दोस्रो हाफमा गरेको हो ।

उसका लागि रहिम स्र्टलिङले ५७ औं मिनेटमा गरेका थिए । काल्भिन फिलिप्सले दिएको पासलाई स्र्टलिङले गोलमा परीणत गरेका हुन् ।  ६१ औं मिनेटमा हेरि केनले अग्रता दोब्बर बनाउने अबसर गुमाएका थिए । समूह डीमा रहेको इंग्ल्याण्डले तीन अंक जोडेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey