इंग्ल्याण्डका एन्डरसनले क्रिकेटमा बनाए रेकर्ड

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०२
  • |
  • 307 पटक हेरिएको

इंग्ल्याण्डको तीब्र गतिका बलर जेम्स एन्डरसनले नयाँ रेकर्ड बनाएका छन् ।

उनले सबैभन्दा धेरै ब्याट्सम्यानलाई खाता नै नखोली पभेलियन पठाउने रेकर्ड बनाएका हुन् । उनले अहिलेसम्म १०५ जना ब्याट्सम्यानलाई खाता खोल्न दिएका छैनन् । यो रेकर्ड यसअघि अस्ट्रेलियाका ग्लेन मेक्ग्राको नाममा थियो । उनले १०४ जना ब्याट्सम्यानलाई खाता नै खोल्न नदिइ पभेलियन पठाएका थिए ।

एन्डरसनले यो रेकर्ड न्यूजिल्याण्डविरुद्ध बर्मिङघम टेस्टमा हासिल गरेका हुन् । उनले न्यूजिल्याण्डका निल वेगनरलाई सून्य रनमै पभेलियन पठाएर विश्व रेकर्ड आफ्नो नाममा सार्न सफल भए ।

यस्तै, यो म्याचसँगै एन्डरसन सर्वाधिक टेस्ट क्रिकेट खेल्ने पहिलो इंग्लिस खेलाडी पनि बनेको छन् । उनले १६२ वटा टेस्ट खेलेका छ ।

एन्डरसन विश्व क्रिकेटमा तीब्र गतिबाट धेरै विकेट लिने रेकर्ड पनि उनकै नाममा छन् । उनले अहिलेसम्म ६१७ विकेट लिएका छन् । टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा भने उनी चौथो स्थानमा आउँछन् ।

उनीभन्दा अगाडी तीन जना सबै स्पिन बलर हुन् । सर्वाधिक विकेट लिने खेलाडीको सूचीको पहिलो स्थानमा श्रीलंकन पूर्व बलर मुथैया मुरलीधरन ८००, दोस्रोमा अस्ट्रेलियाका शेन वार्न ७०८ र तेस्रोमा भारतका अनिल कुम्बले ६१९ विकेटका साथ रहेका छन् ।
एन्डरसनले रेकर्ड बनाए पनि इंग्ल्याण्डले यो टेस्ट भने ८ विकेटले गुमायो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal