लुकाकू र मुनिएको रेकर्ड गोलमा बेल्जियमको विजयी शुरुवात

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०२
  • |
  • 581 पटक हेरिएको

युरोकप फुटबलमा बेल्जियमले विजयी शुरुवात गरेको छ ।

सेन्ट पिटसवर्गमा स्टेडियममा भएको खेलमा बेल्जियमले रुसलाई ३–० गोल अन्तरले परापिजत गरेको हो । बेल्जियमको जितमा स्टार स्ट्राइकर रोमलू लुकाकूले २ गोल गर्दा थोमस मुनिएले एक गोल गरेका थिए ।

लुकाकूले १० औं र ८९ औं मिनेटमा गोल गरेका थिए भने मुनिएले ३४ औं मिनेटमा गोल गरे । मुनिए सब्सटिटयूटका रुपमा पहिलो हाफमै गेल गर्ने युरो कपको पहिलो खेलाडी पनि बनेका छन् ।

लुकाकु बेल्जियमका लागि लगातार दुई युरो कप टुर्नामेन्टमा गोल गर्ने दोस्रो खेलाडी बनेका छन् ।

लुकाकुले २०१६ को युरो पकमा पनि गोल गरेका थिए । यस्तो रेकर्ड १९८० र १९८४ मा जोन स्यूलिमान्सको नाममा रहेको थियो ।

यस्तै गएराति भएकाे खेलमा फिनल्याण्डले डेनमार्कलाई १-० गाेल अन्तरले पराजित गरेकाे थियाे ।

तनावपूर्ण खेलमा फिनल्याण्डलाई जिताउनका लागि जोल पोहान्पालोले ५९ औं मिनेटमा गरेकाे गाेल नै निर्णायक बनेकाे थियाे ।

पहिलो हाफको ४३ औं मिनेटमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएपछि झण्डै डेढ घन्टा खेल रोकिएको थियो । उनलाई अस्पताल लगेर उपचार गरिएको थियो । उनी अहिले होसमा आएका छन् । त्यसपछि मात्रै खेल शुरु भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal