कोपा अमेरिका : भेनेजुएलाका खेलाडीसहित १२ जनालाई कोरोना संक्रमण
- नेप्लेज
- |
- २०७८-०३-०१
- |
- 685 पटक हेरिएको
कोपा अमेरिका फुटबल खेल्ने भेनेजुएला टिमका खेलाडी सहित १२ सदस्य कोरोना संक्रमित भएको पाइएको छ । जसमा कम्तिमा ५ जना खेलाडी रहेका छन् । कप्तान टाेमस रिनकाेन पनि संक्रमित भएकाे जनाइएकाे छ ।
विश्वकप, युरोकप पछि कोपा अमेरिका चर्चित प्रतियोगिता हो ।
यो प्रतियोगिता सोमबारदेखि शुरुहुँदै छ ।
उद्घाटन खेलमा ब्राजिल र भेनेजुएलाकाबीचमा खेल हुने छ ।
खेलाडीहरु कोरोना संक्रमित भएको खबर सार्वजनिक भएपछि प्रतियोगिता के गर्ने भन्ने अझै तय भइसेको छैन । अमेरिकी महाद्वीपका १० टिमले कोपा अमेरिका खेल्छन् ।
अर्जेन्टिनाका लियोनल मेस्सी, ब्राजिलका नेइमार र उरुग्वेका लुईस स्वारेज जस्ता स्टार खेलाडीहरुको जमघट कोपा अमेरिकामा हुने गर्छ । निकै लामो रस्साकस्सीका बीचमा ब्राजिलले यो प्रतियोगिता बाध्य भएर आयोजना गर्दै छ ।
यसपटक दर्शकहरुलाई प्रवेशमा रोक लगाइएको छ । कोरोनाकै कारण गत वर्ष हुनुपर्ने प्रतियोगिता एक वर्ष सरेर सोमबारदेखि शुरु हुन लागेको हो ।