नीति तथा कार्यक्रम : प्रदेश २ मा टिम बनाउन मुख्यमन्त्री रनिङ्ग सिल्ड आयोजना गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२७
  • |
  • 410 पटक हेरिएको

प्रदेश २ सरकारले खेलकुदको विकासमा केन्द्र सरकारसँग समन्वय गर्ने भएको छ । सरकारको तर्फबाट प्रदेशसभा बैठकमा बिहीवार प्रदेश प्रमुख डा. राजेश झा अहिराजले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

सरकारले विद्यालयहरुको पूर्वाधारहरु खेल मैत्री हुने पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

यसैगरी प्रदेशमा खेलकुदको विकासका लागि संघीय सरकारको समन्वय र सहकार्यमा आवश्यक संरचनागत व्यवस्था गर्ने उल्लेख गरेको छ ।

त्यस्तै, प्रदेशमा खेलकुदका गतिविधि बढाउन र प्रतिभावान खेलाडी छनोट गरी सबै खेल विधाको खेल टोली निर्माण गर्न मुख्यमन्त्री रनिङ्ग सिल्ड सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

राष्ट्रिय खेलहरु तथा प्रदेश नम्बर २ का लोकप्रिय तथा लोपोन्मुख खेलहरुलाई प्राथमिकता दिई, खेलकुदको विकास कार्यक्रमहरु सञ्चान गरिनुका साथै कर्भडहल तथा रङ्गशालाहरुको स्तारोन्नति गरिने छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal