नाडाल फ्रेन्च ओपनकाे सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२६
  • |
  • 515 पटक हेरिएको

साविक विजेता स्पेनीस खेलाडी रफायल नाडाल फ्रेन्च ओपनको सेमिफाइलनमा प्रवेश गरेका छन । करियरमा १४ औं फ्रेन्च ओपनको उपाधि जित्ने लक्ष्यमा रहेका नाडालले अर्जेन्टिनी खेलाडी डिएगो स्वार्टजमनलाई तीन एकको सेटमा हराए ।

पेरीसमा भएको खेलमा तेस्रो बरियताका नाडालले १० औं बरियताका डिएगोलाई छ तीन, चार छ, छ चार र छ शुन्यको सेटमा हराए ।

३५ बर्षे नाडाले सेमिफाइलनमा नोभाक जोकोभिच र माटियो बेरेटिनोविचको विजेतासँग खेल्नेछ । यो प्रतियोगिताका सर्वाधिक सफल खेलाडी नाडालले पहिलो सेट छ तीनले जितेका थिए भने दोस्रो सेट चार छ ले गुमाएका थिए । यस्तै तेस्रो सेट छ चारले जितेका उनले चौथो सेट छ शुन्यले आफ्नो पक्षमा पारे ।

पाँच हजार दर्शकमाझ भएको खेलमा नाडालको मुख्य चुनौतीका रुपमा नोभाक जोकोभिच देखिएका छन । उनले अघिल्लो सिजनमा फाइनलमा जोकोभिचलाई नै हराउँदै उपाधि जितेका थिए । नाडाल फाइनलमा पुग्दा हरेक पटक उपाधि जितेका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey