साकारी पहिलो पटक ग्राण्डस्लामको सेमिफाइनलमा
- नेप्लेज
- |
- २०७८-०२-२६
- |
- 594 पटक हेरिएको
ग्रिक खेलाडी मारिया साकारी पहिलो पटक ग्राण्डस्लामको सेमिफाइनलमा प्रवेश गरेकी छिन ।
पेरीसमा भएको फ्रेन्च ओपनको क्वाटरफाइनलमा मारीयाले पोल्याण्डकी इगा स्वेटेकलाई दुई शुन्यको सोझो सेटमा हराइन ।
ग्राण्डस्लाममा अहिलेसम्म कै उच्च प्रदर्शन गरेकी मारियाले इगालाई ६–४ र ६–४ को सेटमा हराइन ।
१७ औं बरियताकी मारियाले आठौं बरियताकी इगाविरुछ दुबै सेटमा सहज जित निकालिन । उनले पहिलो सेटमा इगाको दुई सर्भिस ब्रेक गर्दै ६–४ ले जितिन भने दोस्रो सेटमा पनि ६–४ ले नै विजयी भइन ।
ग्राण्डस्लाममा अहिलेसम्म चौथो चरणमा पुग्न नसकेकी उनको उच्च प्रदर्शन अष्ट्रेलियन र यूएस ओपनको चौथो चरणमा पुग्न रहेको थियो ।