पूर्व कुस्ती प्रशिक्षक एवं महासचिव बिद्या सागर पोखरेलको निधन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२१
  • |
  • 642 पटक हेरिएको
पूर्व बरिष्ठ कुस्ती प्रशिक्षक एवं पूर्व तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक बिद्या सागर पोखरेलको शुक्रबार विहान काठमाण्डौमा निधन भएको छ ।
 
पहिलो नेपाली कुस्ती प्रशिक्षक पोखरेलको हृदयघातका कारण  निधन भएको राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका पूर्व उपनिर्देशक बिजेन्द्र हमालले जानकारी गराए ।
 
विहान खाना खाईरहेको अवस्थामा छातीमा दुखाई महसुस भएको केहि समयमानै उनको निधन भएको पारिवारीक श्रोतबाट जानकारी भएको छ ।
फुटबलका खेलाडीको रुपमा खेल जिवनलाई अगाडी बढाएका पोखरेलले १९८८ मा भारतको पटियालाबाट कुस्ती प्रशिक्षकको प्रशिक्षण पश्चात राखेपमा जागिरे जीवनको सुरुवात गरेका थिए ।
 
उनी उमेर हदका कारण परिषदबाट सेवा निबृत्त भएका थिए । उनकै प्रशिक्षणमा नेपालमा धेरै कुस्ती खेलाडीहरु उत्पादन भएका थिए । उनले १९३३ का बंगलादेशको ढाकाबाट अन्तराष्ट्रिय निर्णायकको परिक्षा उत्तीर्ण गरेका थिए ।
 
पोखरेलले कुस्ती खेलको विकास र विस्तारका क्रममा अनवरतरुपमा २६ बर्ष देखि कुस्ती संघको महासचिवका हैसियतले कार्य गर्दै आईरहेका थिए ।
 
२०१५ साल कार्तिक १५ गते जन्मिएका पोखरेल गोरखा दक्षिण बाहु चौथो बाट विभुषित थिए । उनका दुई श्रीमती, दुई छोरा र दुई छोरी रहेको हमालले जानकारी गराए ।
 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey