समयमा भिसा नआउँदा सन्दिप भन्छन्-‘काउन्टी खेल्ने अवसर अन्योलमा’ (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१३
  • |
  • 686 पटक हेरिएको

नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने पहिलो पटक बेलायतमा काउन्टी क्रिकेट र द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न जाने तयारीमा छन् ।

यसअघिको तालिका अनुसार बिहीवार बिहान उड्नुपर्ने सन्दिपको समयमा नै भिसा नआउँदा अहिले निकै अन्योलमा रहेका छन् ।

एक महिना अगाडी भिसका लागि हाइकमिसनमा पासपोर्ट पठाएका सन्दिपले अहिलेसम्म पासपोर्ट हात पार्न सकेका छैनन् । अझै उनले बेलायतको भिसा कहिले पाउछन् भन्ने एकिन नभएको र कहिले जाने भन्ने टुंगोपनि नभएको सन्दिपले अन्तरवार्तामा बताएका छन् ।

उनले नेपाली खेलाडीले राम्रो प्रतियोगिता खेल्न जाँदा यस्तो समस्या हुनु निकै दुःखको कुरा भएको बताएका छन् । आफ्नो मात्र नभइ यो सबै खेलाडीको समस्या रहेको र यसमा नेपालको सरकारी निकायले पनि सहयोग गरिदिएको भए सायद सजिलो हुने बताए ।

सन्दिपलाई यसअघि अमेरीकी दूतावासले पनि पहिलो पटक प्रयास गर्दा भिसा अस्विकार गरेको थियो । तर पछि उनले ट्विटरमा सम्बन्धित निकायलाई मेन्सन गरेपछि पछि बोलाएर भिसा दिएको थियो ।

अहिलेपनि सन्दिपले समयमा नै भिसा नपाएपछि मंगलबार राति सो सम्बन्धित निकायलाई मेन्सन गरेर नै ट्विट गरे । त्यसपछि उनको ट्विटमा ग्लोबल भिएफएसले रिप्लाई दिएको थियो । तर अहिलेको अवस्थामा कार्यालयहरु बन्द भएकाले एकिन जवाफ कोहिबाट पनि पाउने नसकेको उनले बताए ।

यसका साथै क्यारेवियन प्रिमियर लिगमा पनि छनाेट भएका सन्दिपले सो प्रतियोगितामा राम्रो गरेमा अरु फ्रेन्चाइजी लिगका लागि अझ राम्रो हुने धारणा राखेका छन् ।

हेरौं सन्दिपले समयमा भिसा नपाउँदा कस्तो अन्योलता भएको छ, भिडियोमा

यसका साथै सन्दिपले नेपालमा महामारीका रुपमा फैलिएको कोरोनाविरुद्धको सहयोगका लागि टिम सन्दिप भन्ने अभियान सुरु गरेका छन् । जसमा अहिलेसम्म करिव पाँच लाख रुपैयाँ संकलन भइसकेको उनले बताए ।

साथै उनले सो रकम विभिन्न क्षेत्रमा कठिन अवस्थामा रहेकालाई सहयोग गर्ने पनि बताएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey