शिवम् न्यु डायमण्ड र टप्सको दोहोरो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१७
  • |
  • 197 पटक हेरिएको

काठमाडौं १७ माघ । शिवम् न्यु डायमण्ड एकेडेमी जारी १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा दोहोरो जित निकालेको छ । बुधबार भएको खेलमा न्यु डायमण्डले विभागीय नेपाल आर्मी र दाङको श्रीगाँउलाई पराजित गर्दै दोहोरो जित निकालेको हो ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा मंगलबार भएको आफ्नो पहिलो खेलमा न्यू डायमण्डले आर्मीमाथि ३–० को सहज जित निकाल्यो । न्यु डायमण्डले आर्मीलाई २५–१२, २५–१८ र २५–१७ को सोझो सेटमा पराजित गर्न सफल भयो । आर्मीसँगको खेलमा न्यु डायमण्डकी ललिता नाथ ओमन अफ द म्याच घोषित भइन् । दोस्रो खेलमा न्यु डायमण्डले श्रीगाँउलाई २५–१६, २५–१२ र २५–७ को सोझो सेटान पराजित गर्न सफल भयो । यो खेलमा डायमण्डकी पनमिका राई ओमन अफ द म्याच घोषित भईन् ।

बुधबार नै भएको अर्को खेलमा पश्चिमाञ्चलको टप्स उच्च माविले पनि दोहोरो जित निकालेको छ । पहिलो खेलमा चितवनको मैघौलीलाई पराजित गरेको टप्सले दोस्रो खेलमा दाङको श्रीगाँउलाई पराजित गर्न सफल भयो । टप्सले मेघौलीलाई २५–८, २५–१५ र २५–१४ को सेटमा पराजित गर्न सफल भयो । दोश्रो खेलमा टप्सले श्रीगाँउलाई २५–८, २५–१५ र २५–१० को सेटमा पराजित गर्यो । मैघौलीसँगको खेलमा मन्जु गुरुङ तथा श्रीगाँउसँगको खेलमा परीक्षा गुरूङ ओमन अफ द म्याच घोषित भए ।

प्रतियोगितामा अपराजित रहेको विभागीय टिम एपीएफ क्लबले अर्को विभागीय क्लब नेपाल पुलिसलाई २५–१६, २५–२१ र २५–१० को सोझो सेटमा पराजित गरको गर्दा सरस्वती चौधरी ओमन अफ द म्याच घोषित भईन् ।

प्रतियोगिताको दोश्रो चरणको लिगको दोश्रो दिन शिवम् न्युडायमण्डले १५ खेलबाट ४३ अंक जोडेको छ । अपराजित रहेको एपीएफले १२ खेलबाट ३५ अंक जोड्न सफल भएको छ ।

प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपबिजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउने छन् । यस्तै चौथौ हुनेले ५० हजार, पाचौँले ४० हजार, छैठौंले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतियोगिताको चार विधामा उत्कुष्ट खेलाडीले युएम पावर म्याक्स स्कुटर पाउने छन् । बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले स्कुटर पाउने छन् । प्रतियोगिताका बेष्ट स्पाईकर, डिफेन्स, सेटर, सर्भिर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचलले जनही ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता शुरु भएको दिनदेखि अन्तिम समयसम्म टिकट काटेर खेल हेर्न आउने दर्शक मध्ये लक्की ‘ड्र’ बाट एक जनाले पावरम्याक्स स्कुटी प्राप्त गर्नेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey