आठ बर्षे बालिका ओलम्पिक स्वर्ण जित्ने तयारीमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०४
  • |
  • 487 पटक हेरिएको

ओलम्पिक खेल्नु कुनैपनि खेलाडीका लागि सपना हुन्छ भने त्यसमा पनि उपाधि जित्नु झन ठूलो चाहना हुन्छ । तर यो सबैको भाग्यमा हुँदैन । ओलम्पिकका लागि भनेर कतिपय देशका खेलाडीले बर्षो मेहेनत गर्छन । तर कतिपयको त्यो मेहेनत सफल हुन्छ भने कतिपयको विचमा नै अधुरो हुन्छ ।

यस्तै ओलम्पिकको पदक जित्ने सपना मानिसको खेलमा लागेपछि र पुर्ण रुपमा खेलाडी नै भएपछि मात्र सोच्ने गर्छन । तर भेनेजुयलाका आठ बर्षे बालक कामिला लाचिनी सन् २०३२ को ओलम्पिकमा बीएमएक्समा पदक जित्ने लक्ष्यका साथ अहिलेबाट नै तयारीमा लागेकी छिन ।

कामिलाको उमेरमा कतिपय बालक भरखर एक दुई क्लासमा पढ्ने हुन्छन र बाल्यकालको मज्जा लिइरहेका हुन्छन । उनीहरुलाई आफ्नो भविष्य के हुन्छ भन्ने न कुनै चासो हुन्छ न कुनै ज्ञान र ध्यानपनि । निकै चकचके हुने बेला र खेल्ने कुदेर चोट लगाउने बेला तथा दाँत झरेर नयाँ आउने बेलाको उमेरमा कामिलाको लक्ष्य भने निकै ठूलो रहेको छ ।

उनी सन् २०३२ को ओलम्पिकमा बीएमएक्समा स्वर्ण जित्ने लक्ष्य राखेकी छिन । हुन त कामिलाका लागि उपाधि जित्ने बानी नै परिसकेको छ । उनी उमेरले सानो भएपनि अहिले नै २५ वटा मेडल जितिसकेका छिन । उनी बीएमएक्सको महिला विधामा भेनेजुयलाकी उपविजेता बनिसकेकी छिन ।

तर अब उनको लक्ष्य आगामी ११ बर्षमा आफुलाई विश्व कै नम्वर एक खेलाडी बन्ने चाहना राखेकी छिन । त्यो बेलासम्म उनले आफुलाई पुर्ण रुपमा प्रशिक्षण गरेर ओलम्पिक टिमलाई ड्रिम टिम बनाउने लक्ष्य राखेकी छिन ।

तीन बर्षको उमेरमा सान्टाको हातबाट बाइक उपहार पाएकी कामिला सन् २०१६ को रियो ओलम्पिक गेम्सबाट यो खेलमा निकै आकर्षित भएकी थिइन । उनी भेनेजुयलाका ओलम्पियन स्टेफानी हेर्नान्डेजबाट निकै प्रभावित भएकी थिइन ।

त्यसपछि उनी नियमित रुपमा बीएमएक्सको प्रशिक्षण गर्न सुरु गरिन । छोटो समय र सानो उमेरमा नै उनले आफ्ना प्रतिस्पर्धीलाई धुलो चटाउन च्याम्पियन छिन ।

अब उनको लक्ष्य विश्वका उत्कृष्ट राइडरलाई पछि पार्दै ओलम्पिक च्याम्पियन बन्ने लक्ष्य छ । बीएमक्स विधाको रेस ओलम्पिकमा सन् २००८ को बेइजिङ ओलम्पिकबाट राखिएको हो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal