राष्ट्रिय भारत्तोलनमा सेनाका दिनेशको कीर्तिमानी प्रदर्शन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-०९-२९
  • |
  • 233 पटक हेरिएको

पुस २९, पोखरा । राखेप च्याम्पियनसिप अन्तर्गतको २३औं पुरुष र आठौं महिला राष्ट्रिय भारत्तोलन च्याम्पियनसिपमा नेपाली सेनाका दिनेश श्रेष्ठले १९ वर्ष पुरानो कीर्तिमान तोडेका छन् ।

स्वर्ण जित्ने क्रममा १०५ केजीको स्न्याचतर्फ दिनेशले क्लिनमा १४० केजी र कुलमा २६१ केजी भार बहन गरे ।

यसअघि २०५५ सालमा काठमाडौंमै भएको आठौं सागमा मदन शिबभक्तिले बनाएको १२१ केजीको कीर्तिमान दिनेशले भंग गरेका हुन् ।
यस स्पर्धामा नेपाल प्रहरीका सन्देश गुरुङ्गले क्लिनमा १३२ र कुलमा २३२ केजीका साथ रजत र बाराका महमद आशिकले क्लिनमा १०५ र कुलमा १९३ केजीका साथ कास्य पाए ।

पोखराको उद्योग बाणिज्य संघको हलमा भएको च्याम्पियनसिपमा सेनाकै पुकार गुरुङ्गले १०५ केजी माथिको तौलमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण जिते । उनले स्नाचमा सातौं राष्ट्रिय खेलकुदमा राखेको १२४ केजी तौलमा सुधार गर्दै १२५ केजी भार बहन गरे ।

दोश्रो स्थानमा नेपाल प्रहरीका राजीव महर्जन रहे । उनले ९५ केजी भार बहन गरे । कञ्चनपुरका सुवास उपाध्यायले ८७ केजी भारका साथ स्नाचमा कास्य पाए । पुकारले क्लिनमा १४० केजी र कुलमा २१५ केजी गरी प्रथम स्थान हात पारे ।

क्लिनमा कञ्चनपुरका सुभाष उपाध्यायले १२० केजीका साथ रजत पाए । स्नाचमा दोश्रो स्थानमा रहेको प्रहरीका राजीव महर्जनले क्लिनमा ११८ केजीका साथ कास्य पाए । कुल तर्फ प्रहरीका राजीवले २१३ केजीका साथ रजत र कञ्चनपुरका सुभाष उपाध्यायले २०७ केजीका साथ कास्य पाए ।

तीन दिने प्रतियोगितामा तीन विभागिय टोली सेना, प्रहरी र एपिएफ तथा १४ जिल्लाका २४ महिला र ५९ पुरुष खेलाडीहरुको सहभागिता रहेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey