प्रशिक्षक ह्वाटमाेरले बाँकी रहेकाे ३ महिनाकाे तलव कसरी पाउछन् ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-३१
  • |
  • 615 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानले समयमा नै श्रम स्विकृती नलिँदा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर तीन महिनाको तलव हातमा नपारेर बिदामा स्वदेश फर्किए । उनको श्रम स्विकृती अझैपनि हुन सकेको छैन ।

यस्तैमा नेपाल क्रिकेट संघ क्यानले प्रशिक्षकको श्रम स्विकृतीमा केहि ढिलाई भएको र त्यसमा पनि सरकारी प्रक्रियाले अझ ढिलो हुँदा उनले समयमा नै सो श्रम स्विकृती पाउन नसकेको ठम्याइ छ । तर उनको तलवका लागि आइसीसीलाई पत्राचार गरिसकेको र आइसीसीले एसीसीको माध्यमबाट जनवरी देखिको तलव सोझै खातामा पठाउने क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले बताए ।

प्रशिक्षक ह्वाटमोरलाई पनि यो कुराको जानकारी दिइसकेको र आइसीसीले पनि तलव पठाउनका लागि राजी भएको उनको दावी छ ।

ह्वाटमोरको श्रम स्विकृती नहुँदा तीन महिना उनी नेपालमा पर्यटकका रुपमा बसेर प्रशिक्षण गरेका थिए । यस्तैमा नेपालले त्रिकोणात्मक सिरिजको उपाधि जित्दापनि उनी पर्यटक कोच जस्तै रहेका थिए ।

अहिले क्यानले आइसीसीलाई सबै जानकारी दिएपछि तीन महिनाको तलव पठाउन राजी भएको सिंहले बताए । तर यो तलव कहिले उनले पाउने भन्ने प्रश्नमा उनले आज भोली नै उनले पाउने ठोकुवा गरेका छन ।

यस्तै अबदेखि आइसीसीसँगको कुराकानी अनुसार खेलाडी र कर्मचारीले तीन तीन महिनामा तलव पाउने संभावना रहेको बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey