काठमाडौं शिर्ष स्थानमा रहँदै प्लेअफमा, क्वालिफायर्समा धनगढीसँग खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२६
  • |
  • 396 पटक हेरिएको

नेपाल सुपर लिगमा काठमाडौं रेजर्स शिर्ष स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको छ । लिगको अन्तिम खेलमा काठमाडौंले एफसी चितवनलाई दुई एकले हरायो ।

दशरथ रंगशालामा भएको खेलमा काठमाडौंको जितमा मेरौके र सञ्जोग राईले एक एक गोल गरे । १७ औं मिनेटमा काठमाडौंले खेलमा अग्रता बनायो । उसका लागि मेसौकेले वन भर्सेस वनमा गोल गर्न सफल भए । उनले चितवनका दुई जना डिफेन्डरलाई विट गर्दै उत्कृष्ट फिनिस गरे ।

२० औं मिनेटमा जर्ज प्रिन्स कार्कीले पाएको मौकामा सफल हुन सकेन । उनले डिबक्समा पाएको बललाई समयमा नै प्रहार गर्न सकेनन् । २१ औं मिनेटमा चितवनका विदेशी खेलाडी सबानको प्रहार काठमाडौंका गोलकिपरले सहजै बचाए ।

२५ औं मिनेटमा रजिन लोप्चाङको डिबक्स बाहिरको प्रहार पोष्टको माथिबाट बाहिरीयो । ३३ औं मिनेटमा काठमाडौं रेजर्सले खेलमा अन्तर दुई शुन्यमा पुर्यायो । उसका विश्वास उदासले विश्वास श्रेष्ठलाई दिएको बल सञ्जोग राईले गोल गर्न सफल भए ।

३५ औं मिनेटमा फेरी पनि सञ्जोग राईले चितवनका गोलकिपर विट गरिसकेको अवस्थामा प्रहार गरेको बल पोष्टको निकै माथि रह्यो ।
३९ औं मिनेटमा मेसौकेले डिबक्स भित्रबाट गरेको प्रहारपनि पोष्ट भन्दा निकै माथिबाट बाहिरीयो ।

त्यसपछि ४० औं मिनेटमा चितवनले अन्तर दुई एकमा पुर्यायो । उसका लागि राजिव लोप्चाङले गोल गर्न सफल भए । उनले भली बलमा उत्कृष्ट गोल गरे ।

त्यसको अर्को मिनेटमा शिशिर लेखीको क्रसमा जर्ज प्रिन्स कार्कीले डिबक्समा पाएको उत्कृष्ट मौकालागि खेर फाले । ४४ औं मिनेटमा काठमाडौंले पाएको फ्रिकिकमा विश्वास श्रेष्ठको प्रहार क्रसबारमा लागेर बाहिरीयो ।

पहिलो हाफमा दुई एको अग्रता बनाएको काठमाडौंले दोस्रो हाफमा पनि केहि मौका सिर्जना गरेपनि गोल गर्न सकेन । खेलको ६८ औं मिनेटमा चितवनका शिशिर लेखीले पाएको मौकालाई आत्मसाथ गर्न सकेनन् ।

खेलको ९१ औं मिनेटमा प्रिजेन तामाङले वन भर्सेस वानको अवस्थामा प्रहार गरेको बललाई चितवनका गोलकिपर रोमन रसाइलीले बचाए । ८४ औं मिनेटमा फेरीपनि प्रिजेन तामाङले डिबक्स भित्र पाएको बल प्रहार गर्दा चितवनका गोलकिपर रोमन रसाइलीले बचाए ।

त्यसपछि दुबै टिमबाट थप गोल हुन सकने र काठमाडौंले दुई एकले जित निकाल्न सफल भयो । प्रतियोगितामा चितवनले एक खेलपनि नजित्दै प्रतियोगिताको अन्त्य गर्यो । अब प्लेअफका पहिलो खेलमा काठमाडौं र धनगढीविच खेल हुनेछ भने इलिमिनेटरमा ललितपुर र बुटवल लुम्बिनी एफसीविच प्रतिस्पर्धा हुनेछ । यो जितसँगै काठमाडौंको ६ खेलमा १३ अंक भयो भने चितवनको मात्र दुई अंक रह्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey