आइपीएलका बाँकी खेल गराउन चार देशको प्रस्ताव

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२६
  • |
  • 330 पटक हेरिएको

कोरोनाका कारण विचमा नै स्थगित भएको इन्डियन प्रिमियर लिगमा बाँकी खेल गर्नका लागि चार वटा देशले भारतीय क्रिकेट बोर्डलाई प्रस्ताव गरेका छन । जसमा इंग्ल्याण्ड, यूएई, श्रीलंका र अष्ट्रेलियाले प्रतियोगिताका बाँकी खेलहरु आफ्नो देशमा गर्नका लागि प्रस्ताव गरेका छन ।

कोरोनाले स्थगित हुनु भन्दा अगाडी आइपीएलका २९ खेल भएका छन भने ३१ खेल बाँकी रहेका छन । बाँकी खेल सम्पन्न गर्नका लागि बीसीसीआइले २० दिनको विन्डो खोजिरहेको छ । यस्तैमा इंग्ल्याण्डका काउन्टी क्लवले प्रस्ताव गरेका थिए भने यूएई, अष्ट्रेलिया र श्रीलंकाले पनि प्रतियोगिता आयोजना गर्नका लागि प्रस्ताव गरेका छन ।

अघिल्लो सिजनमा कोरोनाकै कारण आइपीएल यूएईमा भएको थियो । जसका लागि बीसीसीआईले ९८.५ करोड भारतीय रुपैयाँ दिएको थियो । पछिल्लो पटक एकपछि अर्को अन्तराष्ट्रिय प्रतियोगिताको तालिका र कोभिडका कारण यो प्रतियोगिताको नयाँ विन्डो हात पार्न कठिन भइरहेको छ ।

जसका लागि अहिलेको अवस्थामा सेप्टेम्बर र अक्टोबरको विन्डोमा गर्ने संभावना देखिएको छ । भारतमा पछिल्लो पटक कोभिडको प्रभाव निकै बढेकाले चुनौती मोलेर प्रतियोगिता गर्न चाहने पक्षमा छैन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey