भाई गुमाएको पिडा बिर्सन नपाउँदै चेतनका बुवाको निधन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२६
  • |
  • 520 पटक हेरिएको

राजस्थान रोयल्सका तिब्रगतिका बलर चेतन सकारियाको पिताको निधन भएको छ । कोरोनाले स्थगित भएको यो सिजनको आइपीएलम ाराजस्थानबाट खेलेका चेतनले जीवनको पहिलो ठुलो कमाईबाट बुुवाको उपचार गराएका थिए । तर अन्तिममा उनले आफ्ना पितालाई बचाउन सकेनन् ।

आइपीएल टिम राजस्थान रोयल्र्सबाट रकम पाएपछि नै उनी बुुवाको उपचारका लागि अस्पताल पुुगेका थिए । उनले आइपीएल खेल्दा पाएको सबै रकम बुुवाको उपचारमा लगाएका थिए । तर अन्तिममा उनले बुुवालाई बचाउन सकेनन् ।

कोरोनाका कारण आइपीएल स्थगित भएपछि नै उनी गुजरात फर्किएका थिए । उनको बुुवालाई उनी आइपीएलमा हुँदा नै कोरोना संक्रमण भएको थियो । त्यो थाहा पाएपछि उनले आइपीएलबाट कमाएको केहि रकम बुवाको उपचारका लागि पठाएका थिए ।

चेतनका बुुवा एक अटो चालक थिए । बुुवाको निधन भएको केहि महिना अगाडी उनको भाईले आत्महत्या गरेका थिए । जसका कारण उनको परिवारमा ठूलो निराशा थियो । बुवाको कमाईपनि निकै न्यून रहेको र गरिव परिवारका उनी आइपीएलमा छनौट भएपछि केहि राम्रो रकम पाएका थिए । उनी यो सिजनको आइपीएलमा अक्सनमा एक करोड २० लाख भारतीय रुपैयाँमा विक्रि भएका थिए ।

जसका कारण उनले अब सुखी जीवन जिउन पाउने आशा राखेका थिए । यसका साथै उनले आफ्नो परिवारलाई दुःखबाट बाहिर निकाल्ने योजना बनाएका थिए । तर यहि विचमा कोभिडका कारण बुवालाई गुमाएका उनको परिवारमा अहिले आँशुुमात्र बगिरहेको छ ।

गुुजरातको सानो ठाँउबाट आइपीएलसम्म पुुगेका चेतनले डेब्यु सिजनमा नै सात खेल खेल्दा सात विकेट लिएका थिए । उनले महेन्द्रसिंह धोनी, लोकेश राहुल, मायांक अग्रवाल जस्ता खेलाडीको विकेट लिएका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal