माल्दिभ्समा क्वारेन्टिनमा रहेका वार्नर र स्लेटरबिच पबमा झगडा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२६
  • |
  • 328 पटक हेरिएको

इन्डियन प्रिमियर लिग स्थगित भएपनि बोर्डर बन्द भएका कारण भारतबाट स्वदेश फर्किन नपाएका अष्ट्रेलियन खेलाडी यतिबेला माल्दिभ्समा क्वारेन्टिनमा छन । माल्दिभ्समा क्वारेन्टिनको समय विताएपछि मात्र अष्ट्रेलिया फर्किने तयारीमा रहेका खेलाडी प्रशिक्षक र कमेन्टेटर मध्ये डेविड वार्नर र माइकल स्लेटरविच झगडा परेको बताइएको छ ।

भारतबाट माल्दिभ्स पुगेका उनीहरु ताज कोलर रिसोर्टमा बसिरहेका छन । सोहि होटेलको पबमा वार्नर र स्लेटरविच भनाभन भएर हात हालहालको अवस्था आएको भारतीय सञ्चार माध्यमले बताएका छन ।

राती पबमा पेयपदार्थ खाइरहेका बेला उनीहरुविच विवाद भएको थियो । तर कुन विषयमा उनीहरुविच झगडा भएको भन्ने विषय भने प्रष्ट भनिएको छैन । यो कुरा टिमका अरु खेलाडीले पनि थाहा नपाएको बताइएको छ । बेलायती सञ्चार माध्यम डेली टेलीग्राफले सो पबमा खटेका कामदारलाई उदृतगर्दै उनीहरु विच झगडा भएको बताएको छ ।

तर वार्नर र स्लेटरले भने आफुहरुविच कुनै झगडा नभएको र आफुहरु निकै मिल्ने साथी रहेको बताएका छन । दुबैले यो खबर झुटो भएको बताएका छन । आइपीएलमा राम्रो प्रदर्शन नगरेको सनराइजर्स हैदरावादले विचमा नै वार्नरलाई कप्तानबाट हटाएको थियो ।

उनको स्थानमा न्यूजिल्याण्डका केन विलियम्सनलाई कप्तानी बनाएको थियो । तर विचमा नै आइपीएल स्थगित भएपछि अष्ट्रेलियाका ४० जना माल्दिभ्स हुँदै अष्ट्रेलिया जाने तयारीमा छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal