पाकिस्तान सुपर लिग यूएईमा गर्न पीसीबी तयार

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२४
  • |
  • 572 पटक हेरिएको

पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तान सुपर लिग यूएईमा गर्नका लागि आधिकारीक रुपमा इमिरेट्स क्रिकेट बोर्डलाई प्रस्ताव गरेको छ । कोभिडका कारण विचमा नै स्थगित भएको पीएसएल फेरी जुन दुई तारिखबाट गर्ने योजना पाकिस्तान क्रिकेट बोर्डको रहेको छ ।

पीएसएलमा सहभागि ६ वटै टिमले क्रिकेट बोर्डलाई प्रतियोगिता यूएईमा गर्नका लागि संयुक्त रुपमा आग्रह गरेपछि पीसीबीले इमिरेट्सलाई अनुरोध गरेको छ । पछिल्लो पटक पाकिस्तानमा पनि कोभिडको प्रभाव बढ्ने क्रममा रहेकाले पनि पीसीबीले अर्को विकल्पलाई उचित ठानेको छ ।

पाकिस्तान क्रिकेट बोर्डले कराँचीमा गरिएको सबै होटेल बुकिङ रद्द गरेको छ । बोर्डले यहि प्रतियोगिताका लागि कराँचीमा चार सय सात वटा होटेलहरु बुक गरेको थियो ।

यो बर्षका पीएसएलमा १४ खेल भएपछि खेलाडीमा कोरोना देखिँदा स्थगित भएको थियो । यसअघि प्रतियोगिता फ्रेब्रेवरी २० देखि तीन मार्चसम्म चलेको थियो । तर अब यो प्रतियोगिता जुन दुई देखि २० सम्म हुनेछ ।

पछिल्लो पटक पाकिस्तानमा पनि कोरोनाको लहर बढेकाले मे १५ सम्म लकडाउन गर्ने निर्णय गरिएको छ । यूएईमा यो प्रतियोगिता सारिएमा यसको सबै जिम्मा पाकिस्तान क्रिकेट बोर्डले लिनुपर्नेछ । पाकिस्तानमा अहिलेसम्म यूएईबाट हवाई यातायात जारी रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey