बेलायतकाे खेलकुद योजनाः १० बर्षमा फिफा विश्वकपसहित करिव १०० प्रतियोगिता गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२४
  • |
  • 442 पटक हेरिएको

बेलायतले एक दशकमा खेलकुद गर्ने विभिन्न कार्यक्रमको घोषणा गरेको छ । सन् २०२१ देखि २०३१ सम्म बेलायतले एक सय वटा अन्तराष्ट्रिय प्रतियोगिता गर्ने योजना बनाएको छ । तर यो समयका लण्डमा ओलम्पिक गराउने भन्नेमा भने कुनै चासो देखाएको छैन।

१० बर्षे योजनामा सबै भन्दा ठूलोमा सन् २०३० मा बेलायतमा फिफा विश्वकप आयोजना गराउने रहेको छ । यूए स्पोर्टसले सार्वजनिक गरेको योजनामा कुल ९७ वटा प्रतियोगिता हुने र त्यसमा ४४ वटा विभिन्न खेलका ४६ विश्व च्याम्पियनसिप गराउने रहेको छ ।

यसमा सन् २०२५ मा महिलाको रग्वी विश्वकप, हस्की विश्वकप, टुर दी फ्रान्स, २०२६ मा युरोपियन एथलेटिक्स च्याम्पियनसिप रहेका छन । यस्तै सन् २०२७ वा २०२९ मा एथ्लेटिक्स विश्व च्याम्पियनसिपपनि गराउने योजना छ ।

प्रतियोगिताको सूचीलाई दुई तरिकाले विभाजन गरेको छ। जसमा मेगा इभेन्ट्स र मेजर इभेन्ट्स भनिएको छ । त्यसमा ९७ मध्ये २२ इभेन्ट्स यसअघि नै पक्का भइसकेका छन । जसमा २०२४ को च्याम्पियन्स लिग फाइनल, त्यसको अर्को बर्ष कमनवेल्थ गेम्स छन ।

सन् २०२१ को सुपर कप, विश्व आर्टिस्टिम जिम्नास्टिक च्याम्पियनसिप अर्को बर्ष लिभरपुलमा हुने पक्का छ । यस्तै बेलायतले सन् २०२५ को महिला रग्वी विश्वकप र २०३२ को राइडर कपका लागि बिडिङ गर्ने भएको छ ।

बेलायतले फुटबलको विश्वकपका लागि दावेदारीता पेश गर्ने योजना बनाइरहेका बेला फिफाले विडिङको प्रक्रिया अर्को बर्षको दोस्रो क्वाटरमा खुल्ला गर्नेछ । जसमा सन् २०२४ को फिफा कंग्रेशले फाइनल गर्नेछ । यसमा बेलायत र आयरल्याण्डले संयुक्त रुपमा गर्ने योजना बनाएको छ ।
यूके स्पोर्टसले एक दशकको योजनाले बेलायतको इकोनोमीमा ६.८३ बिलियन पाउण्ड बढ्ने र प्रतियोगितामा १३ मिलियन समर्थकलाई आकर्षित गर्ने बताइएको छ ।

यो विचमा बेलायतले महिलाको यू १९ टी २० विश्वकप, पुरुषको यू १० विश्वकप, महिलाको च्याम्पियन्स कप पनि योजनामा रहेका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey