टोकियो ओलम्पिक रद्द गर्न जापानमा विरोध सुरु, २ दिनमा २ लाख हस्ताक्षर संकलन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२४
  • |
  • 552 पटक हेरिएको

टोकियो ओलम्पिकको मिती जति जति नजिक आउदैछ, प्रतियोगितामा कालो बादल छाउने क्रम सुरु भएको छ । कोरोनाका कारण एक बर्ष स्थगित भएर यहि बर्षको जुलाई २३ बाट अगष्ट आठ तारिखसम्मका लागि तय भएको छ । तर अहिले आएर प्रतियोगिता रद्द गर्नुपर्छ भन्दै अनलाईन अभियान नै सुरु भएको छ । सो अभियानकर्ताले ओलम्पिक आयोजनासँग सम्बन्धित सबैलाई पत्राचार गरेका छन ।

कोरोनाको असर अझैपनि जारी रहेको र प्रतियोगिता सुरक्षित नहुने भन्दै जापानमा विरोध सुरु भएको छ । यस्तैमा दुई दिनमा दुई लाख भन्दा बढिले प्रतियोगिता रद्द गर्नुपर्ने भन्दै हस्ताक्षर गरेका छन ।

जापानी न्यूज एजेन्सी क्योदोका अनुसार सो हस्ताक्षर संकलन आइओसी, जापानी प्रधानमन्त्री योशिहिदो सुगा र प्रतियोगितासँग सम्बन्धित सबै संस्था र पदाधिकारीलाई पत्राचार गरेका छन ।

ओलम्पिक रद्द गर्नुपर्छ भन्दै निवेदन दिएकोमा त्यसमा मुख्य एजेन्डा स्वास्थ्य सुरक्षा रहेको छ । यस्तो विरोध यसअघिपनि टोकियो सरकारविरुद्ध भउको थियो । लायन केजी उत्सानोमियामा प्रतियोगिता रद्द गर्नुपर्छ भन्दै निवदेन दिइएको छ ।

ओलम्पिक आउन तीन महिना भन्दा कम समय बाँकी रहेका बेला टोकियो शहरमा अझैपनि केहि स्थानमा आपतकालिनको घोषणा जारी रहेको छ । टोकियो सरकारले अस्पतालको अवस्था सुधार्नेमा लागेको छ ।

यता विरोध सुरु हुँदा आइओसी, जापान सरकारले पनि प्रतियोगिता तोकेकै मितीमा हुने बताउँदै आएको छ ।

कारोनाका कारण ओलम्पिकको एक सय २४ बर्षको इतिहासमा तेस्रो पटक स्थगित भएको थियो । यो भन्दा अगाडी बर्लिन ओलम्पिक १९१६ मा टोकियो ओलम्पिक १९४० र लण्डन ओलम्पिक १९४४ मा रद्द गर्नुपरेको थियो । यदि ओलम्पिक रद्द भएको खण्डमा २५ अर्व डलर नोक्सानी हुनेछ । जसको आर्थिक संकट जापानमा प्रत्यक्ष रुपमा पर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey