दक्षिण अफ्रिकाले जुनदेखि टी २० विश्वकपको तयारी थाल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२४
  • |
  • 476 पटक हेरिएको

दक्षिण अफ्रिका क्रिकेट टिमले अर्को महिनाको शुरुमै वेस्टइन्डिजको भ्रमण गर्ने भएको छ ।

जसलाई टी २० विश्वकपको तयारीका रुपमा पनि हेरिएको छ । भारतमा यसै वर्षको अक्टोबरमा टी २० विश्वकप आयोजना हुँदै छ ।

क्रिकेट दक्षिण अफ्रिकाका निर्देशक ग्रीम स्मिथले वेस्टइन्डिज भ्रमणमा दुई टेस्ट र पाँच टी २० म्याच खेलने बताएका छन् ।

उनले जुनको सुरुमै यो सिरिज शुरु हुने पनि उल्लेख गरेका छन् । तर प्रतियोगिता स्थल भने तय हुन बाँकी नै रहेको छ ।

दक्षिण अफ्रिका टिमको समित ओभरका खेलाडी त्यतैबाट जुलाईमा सिरिज खेल्नका लागि आयरल्याण्ड पनि जाने छन् ।

आयरल्याण्ड सिरिजको घोषणा भने पहिला नै भएको थियो ।

आयरल्याण्डलसँग दक्षिण अफ्रिकाले तीन वटा टी २० म्याच खेल्ने छ ।

त्यसपछि दक्षिण अफ्रिकी टिम विश्वकपका लागि भारत र श्रीलंकाको भ्रमण गर्ने छ ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal