ओसाका र नाडाल बर्षकाे उत्कृष्ट खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२४
  • |
  • 346 पटक हेरिएको

जापानी टेनिस खेलाडी नाओमी ओसाकाले बर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन । यस्तै पुरुषमा टेनिसकै रफायल नाडाल बने ।

सन् २०२० मा गरेको प्रदर्शनका आधारमा दिइएको लउरेस वल्र्ड स्पोर्टस अवार्डमा टेनिसले बर्चश्व जमाएको छ ।

ओसाकाले सन् २०२० मा यूएस ओपन जितेकी थिइन । यता नाडालले फ्रेन्च ओपनको उपाधि जित्दै सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीमा रोजर फेडेररसँग बराबरी गरेका थिए । नाडालले यो अवार्ड चौथो पटक जितेका हुन ।

जर्मन क्लव बार्यन म्युनिखले बर्षको उत्कृष्ट टिमको अवार्ड जित्यो । अघिल्लो सिजनमा बार्यनले च्याम्पियन्स लिगको उपाधि जित्नुका साथै घरेलु प्रतियोगितामा पनि बर्चश्व जमाएको थियो ।

यस्तै टेनिस लेजेन्ड बिली जियन किंगले लाइफटाइम अचिभ्मेन्ट अवार्ड पाए । ब्रिटिस फर्मुला वन चालक लुइस ह्यामिल्टनले यो अवार्डमा पहिलो पटक दिइएको एथ्लिट एड्भोकेट अवार्ड पाए ।

यस्तै लिभरपुल तथा इजिप्टका मोहम्मद सलाहले स्पोर्टिङ इन्सपिरेसन अवार्ड जिते । उनले दुबै टिममा गरेको अनुदानको कदर गर्दै यो अवार्ड पाएका हुन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal