२५ बर्षपछि आर्सनल अर्काे सिजन युराेपियन प्रतियाेगितामा नदेखिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२४
  • |
  • 861 पटक हेरिएको

युरोपा लिगको उपाधिका लागि भिल्ला रियल र म्यानचेस्टर युनाइटेड भिड्ने भएका छन । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा भिल्ला रियलले आर्सनलसँग गोलरहित बराबरी खेलेपछि पहिलो लेगमा हात पारेको दुई एकको जित नै उसलाई फाइनलमा पुग्न पर्याप्त बन्यो ।

आर्सनलकै पूर्व प्रशिक्षक उनाई इमिरेको प्रशिक्षणमा रहेको भिल्ला रियलले घरेलु मैदानमा पहिलो लेगमा निकालेको दुई एकको जितका कारण फाइनलमा स्थान बनायो । यसका साथै आर्सनल युरोपियन प्रतियोगितामा २५ बर्षपछि पछि पहिलो पटक अर्को सिजनमा नदेखिने भएको छ ।

घरेलु मैदानमा जितको विकल्प नभएको अवस्थामा मैदानमा उत्रिएको माइकल आर्टेटाको आर्सनलले गोलका लागि गरेका सबै प्रयासमा असफल भएको थियो । जसका कारण भिल्ला रियलले दुई एकको जित निकाल्दै फाइनलमा स्थान बनायो ।

आर्सनलका पूर्व प्रशिक्षक उनाई सन् २०१९ को नोभेम्बरमा १८ महिनापछि इंग्लिस क्लवबाट बर्खास्त भएर भिल्ला रियलमा अनुबन्ध भएका थिए । आर्सनललाई तिनै प्रशिक्षकले सेमिफाइनलबाट बाहिर पठाएका छन ।

अब आर्सनल अर्को सिजनमा यूरोपियन प्रतियोगितामा नदेखिने भएको छ । यो सिजनको प्रिमियर लिगमा पनि मध्यक्रममा रहेको आर्सनलको अन्तिम आशा युरोपा लिग जितेर च्याम्पियन्स लिगमा स्थान बनाउने रहेको थियो । आर्सनलको यो हारपछि लेस्टर सिटीलाई भने राहत भएको थियो । अंक तालिकाको तेस्रो स्थानमा रहेपनि उसलाई आर्सनल र चेल्सीले युरोपा लिग र च्याम्पियन्स लिगको उपाधि जितेको खण्डमा अर्को सिजनमा दुबै प्रतियोगिता गुमाउन सक्ने खतरा थियो । तर अब त्यो टरेको छ ।

युरोपा लिगको फाइनल २६ मे मा पोल्याण्डमा हुनेछ । यो खेलमा नौ हजार पाँच सय दर्शकलाई मैदान प्रवेश गराइने भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey