टोकियो ओलम्पिकमा क्यानडाले बढिमा ८५० जनाको टिम पठाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१८
  • |
  • 224 पटक हेरिएको

टोकियो ओलम्पिकमा सहभागि हुन जाने सबै क्यानेडियन खेलाडीले कोरोनाको भ्याक्सिन लगाउन पाउने भएका छन ।

प्रतियोगिता अगाडी क्यानडाले सबै खेलाडी र अफिसियललाई कोभिडको भ्याक्सिन लगाएरमात्र टोकियो ओलम्पिकमा पठाउने भएको छ ।

क्यानडा ओलम्पिक कमिटीका मेडिकल प्रमुखले जुलाई २३ देखि अगष्ट आठ तारिखसम्म हुने प्रतियोगिताका लागि क्यानडाबाट सहभागि हुने सबैले अनिवार्य भ्याक्सिन लगाउनुपर्ने नियम बनाएको बताए ।

यसका लागि क्यानडा सरकारले सहयोग गर्ने भएको छ । क्यानडामा जुलाईसम्म सबैले कोरोनाको भ्याक्सिन लगाउन पाउने बताइएको छन ।
टोकियो ओलम्पिकमा क्यानडाले सात सय ५० देखि आठ सय ५० जनासम्मको टिममात्र पठाउने भएको छ ।

यसमा खेलाडीदेखि अफिसियल प्रशिक्षक सबै हुनेछन । यसअघि क्यानडाले एक हजार जनाको डेलिगेट्स पठाउने तयारी गरेको थियो । तर कोभिडका कारण त्यो संख्या घटाइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey