नयाँ आर्थिक बर्षमा खेलकुदमा नामको मात्र बजेट आउने संभावना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१८
  • |
  • 565 पटक हेरिएको

नयाँ आर्थिक बर्षका लागि राष्ट्रिय खेलकुद परिषद्लाई एक अर्ब ५१ करोड रुपैयाँको बजेट सिलिङ परेको छ । जसका कारण अर्को महिना हुने बजेट भाषणमा खेलकुद क्षेत्रमा बजेट नबढ्ने पक्का भएको छ ।

अर्थ मन्त्रालयको निर्देशन अनुसार राष्ट्रिय खेलकुद परिषद्ले तोकिएको सिलिङ अनुसार बजेट तर्जुमा गरेर पठाइसकेको छ । नयाँ आर्थिक बर्षमा बजेटको आकारपनि कम हुने भएकाले खेलकुद क्षेत्रको बजेट पनि नबढेको युवा तथा खेलकुद मन्त्रालयका आर्थिक शाखा प्रमुखले बताए । जसमा यसपटक खेलकुद क्षेत्रमा नयाँ र ठूला योजना नहुने भएका छन ।

आर्थिक बर्ष २०७६–७७ मा युवा तथा खेलकुद मन्त्रालयले कुल तीन अर्ब ९९ करोड रुपैयाँ बजेट पाएकोमा परिषद्लाई तनि अर्ब ४७ करोड रुपैयाँ छुट्याइएको थियो । त्यो बेला साग खेलकुदको आयोजनाको तयारीको पनि मुख्य चपेटा थियो । यो आर्थिक बर्षमा परिषद्ले एक अर्व ८३ करोड रुपैयाँको बजेट पाएको थियो । तर कोभिडका कारण तोकिएका गतिविधी नभएपनि केहि कटौतीपनि भएका थिए ।

आगामी बजेटको आकार सानो भएपनि बहुबर्षिय योजनामा रहेका पुर्वाधार निर्माणका लागि भने उपयुक्त बजेट दिने योजनामा परिषद् रहेको छ । यसका साथै नबौं राष्ट्रिय खेलकुद्, एशियाड, ओलम्पिक र सागको तयारीका लागि पनि उपयुक्त बजेट पाउनेछन । तर यो बजेटमा यी प्रतियोगिताका लागि बजेट भने राखिएको छैन । तर चाहिएको खण्डमा निकाशा गर्नसकिने संभावना रहेको परिषद्को भनाई छ ।

परिषदलाइ अाउने बजेटकाे ४० प्रतिशत प्रशासनिक खर्च हुने गरेकाे छ । त्यसपछि अरू रकमबाट संघलाइ अनुदान लगायताका बिभिन्न शिर्षकमा राखिन्छ ।

यसमा पनि स्थानीय सरकारले पनि छुट्टै खेलकुदका लागि बजेट छुट्याउने गरेका छन । त्यसले पनि विभिन्न स्थानमा बनिरहेका पुर्वाधारका लागि बजेटमा राहत हुने अनुमान गरिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey