फेडेररले खेल सामाग्रि अक्सनमा राख्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१६
  • |
  • 473 पटक हेरिएको

२० पटकका ग्राण्डस्लाम विजेता रोजर फेडेररले आफ्नो करियरमा संकलन गरेका सम्झनलायक बस्तुहरुलाई अक्सनमा राख्ने भएका छन । फेडेररले यो समरमा आफ्नो सम्झनाका लागि राखेका बस्तुहरुलाई अक्सनमा राख्ने भएका छन ।

उनले आफुले खेल्दा प्रयोग गरेका र्याकेट, जुत्ता लगायतका बस्तुहरुलाई अक्सनमा राख्ने भएका हुन । अक्सन जुन र जुलाई गरेर दुई पटक हुनेछ ।

फेडेररले आफ्नो फाउन्डेसनको सहयोगका लागि बस्तुहरु अक्सनमा राख्ने बताएका छन ।

जसमा पहिलो चरणमा प्रत्यक्ष अक्सन जुन२३ ताखिरमा हुनेछ । जहाँ २० वटा सामाग्रि राखिने छ । जसमा ती बस्तुको मुल्य तीन हजार पाउण्डबाट सुरु भएर ७० हजार पाउण्डसम्म राखिएको छ ।

अक्सनमा ग्राण्डस्लाम जित्दा प्रयोग गरिएका र्याकेट्स, जुत्ता, जर्सी, ट्रयाक जस्ता रहेका छन ।

यस्तै दोस्रो अनलाईन एक्सन जुलाईमा हुनेछ । जसमा कम मुल्य राखिएका तीन सय सामाग्रि राखिएका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey