राष्ट्रिय विभूति शेर्पा स्मृतिकप भलिबलको उपाधि महाकुललाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१२
  • |
  • 542 पटक हेरिएको

सोलु, रासस । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति भलिवल कपमा महिलातर्फ पहिलो स्थान महाकुलुङ गाउँपालिका र पुरुषतर्फ नौलेख युवाक्लब पैया (ए) टिमले जीत हासिल गरेको छ । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति भलिवल कप आयोजक कमिटीको आयोजनामा सम्पन्न प्रतियोगितामा तीन महिला  र सात पुरुष गरी १० टिमको सहभागिता थियो । ‘समान र सम्मान हाम्रो चाहना, विभेद रहित समाजको परिकल्पना’ भन्ने मूल नारामा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा जन्मिएको गाउँखुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमायही वैशाख ८ गतेदेखि आयोजना गरिएको हो ।

राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको बुबा फुर कितर शेर्पा भलिबल खेल समापनको दिन सहभागी रहनुभएको थियो । उहाँको हातबाट विजयी टिमलाई ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

छोरीको नाममा राखिएको खेलमा सहभागी हुन पाउँदा बुबाले खुशी व्यक्त गरेका थिए । शेर्पाले सगरमाथा आरोहण गरेको दिन वैशाख १० गतेको सन्दर्भ पारेर सो प्रतियोगिता आयोजना गरेको आयोजक कमिटीका अध्यक्ष जाङ्बु शेर्पाले जानकारी दिए । राष्ट्रिय विभूति जन्मिएको गाउँखुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा पहिलो पटक गाउँस्तरीय पुरुष र जिल्लास्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

खेलसँगै सम्मान

भलिबल खेलसँगैँ खुम्बु पासाङ ल्हामु गाउँपालिकाबाट सगरमाथा आरोहण गरी विश्व किर्तीमान कायम गर्न सफल व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा २४ पटक सगरमाथा आरोहण गरी विश्व किर्तीमान कामय गर्न सफल प्रख्यात आरोहीकामी रिता शेर्पा, छिटो सगरमाथा आरोहण गरी विश्व किर्तीमान कायम गर्न सफल लाक्पागेलु शेर्पा, हिमालबाट लङलाइन रेस्क्यू गर्नुहुने आङटासी शेर्पा, छोटो समयमा सगरमाथा आरोहण गरी महिलातर्फ विश्व किर्तीमान कायम गर्ने पासाङ पुटी शेर्पा र गायन, लेखन, साहित्य क्षेत्रमा योगदान पुर्‍याउने पुरुषोतम सानु नेपालीलाई सम्मान गरिएको थियो ।

खेलमा सहभागी टिम

महिलातर्फ कोङ्दे युवा क्लब, माप्य दुधकोशी गाउँपालिका र महाकुलुङ गाउँपालिकाले सहभागिता जनाएको थियो भने पुरुषतर्फ फरी युवा समूह (चौरीखर्क), नौलेख युवा क्लव (पैया ए टिम), नौलेख युवाक्लव (पैया बि), आमा डब्लम युवा क्लब (पाङ्बोच), हिमालयन क्लब (लुक्ला), कुसुमखाङकरु युवा क्लब (मुसे), सुर्के युवा समूह (सुर्के) सहभागिता रहेको थियो । प्रतियोगिताको समापनमासांस्कृतिक कार्यक्रम गरिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal