करणको आक्रामक ब्याटिङ, नेपालले मलेसियालाई दियो २१८ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०९
  • |
  • 595 पटक हेरिएको

त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर नेपालले २१७ रन बनायो ।

नेपाली टिमका लागि कुशल भुर्तेल र आशिफ शेखले नै ओपनिङ गरेका थिए । यी दुई खेलाडीले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरेका थिए ।

टिमको स्कोर ३३ रन भएका बेला कुशल १६ रन बनाएर पभेलियन फर्किए । भुर्तेलले १२ बल फेस गर्दा दुई छक्का प्रहार गरे ।

पहिलो, दोस्रो र तेस्रो खेलमा लगातार अर्धशतक बनाउँदै विश्व कीर्तिमान कायम गरेका भुर्तेल चौथो खेलमा भने मोहम्मद वफिकको बलिङमा सयद अजिजको हातबाट क्याच आउट हुन पुगेका थिए ।

त्यसपछि आशिफसँग मिलेर कप्तान ज्ञानेन्द्र मल्लले नेपालको पारि अघि बढाएका थिए । मल्ले पनि आक्रामक शट प्रहार गरेका थिए । नेपालको स्कोर १०६ रन हुँदा कप्तान मल्ल आउट हुन पुगेका थिए । आफ्नो इनिङ्समा मल्लले २५ बलमा चार छक्का तथा एक चौकाको सहायताले ४१ रनको पारि खेले ।

टिमको स्कोर १११ रन हुँदा नेपालले तेस्रो विकेट खेर फालेको थियो । ओपनर आशिफ शेख ४२ रन बनाएर आउट भएका थिए । आशिफले ३२ बल खेल्दा तीन छक्का र तीन चौका प्रहार गरेका थिए ।

चौथो विकेटको रुपमा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी पभेलियन फर्र्किएका थिए ।

भण्डारी आठ बलमा आठ रन बनाएर आउटहुँदा नेपालको स्कोर १५.२ ओभरमा ४ विकेटको नोक्सानीमा १४८ रन भएको थियो । त्यसलगत्तै उपकप्तान दीपेन्द्र सिंह ऐरी पनि पभेलियन फर्किएका थिए । ऐरीले १७ बलमा ३३ रनको योगदान गरे । उनीले एक छक्का र पाँच चौका प्रहार गरेका थिए ।

कुशल मल्ल र करण केसीले नेपालको पारि अघि बढाएका थिए । करणले आक्रामक पारि खेल्दै १३ बलमा ४५ रनको योगदान गरे । उनले ७ छक्का प्रहार गरेका थिए । करण आउट हुँदा नेपालको स्कोर ६ विकेट गुमाएर २१४ रन भएको थियो । अन्तिम ओभरको अन्तिम बलमा सोमपाल कामी एलबीडव्ल्यू आउट भएका थिए । उनले २ रन बनाए । अन्तिमसम्म नटआउट रहेका कुशल मल्ल १९ रनमा पभेलियन फर्किएका थिए । मल्लले १० बल खेल्दा दुई छक्का प्रहार गरे ।

मलेसियाका फित्रि साम र अनवर रहेमानले समान दुई दुई विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal