प्रिमियर लिगमा लेस्टरलाई हारको शृंखला अन्त्य गर्ने अवसर 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०९
  • |
  • 706 पटक हेरिएको

इंग्लिस प्रिमियर लिग फुटबलमा आज लेस्टर सिटी र वेस्टव्रोमबीच प्रतिस्पर्धा हुँदै छ ।

लेस्टर सिटी तालिकाको तेस्रो स्थानमा छ भने वेस्टब्रोम पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

घरेलु मैदानमा लेस्टर जित निकाल्दै चौथो स्थानको चेल्सीसँगको अंकदूरी चार बनाउने लक्ष्यमा हुने छ ।

लेस्टरले पछिल्ला दुई प्रिमियर लिगका खेलमा पराजय भोगेकाले आज त्यो पराजयको शृंखला अन्त्य गर्ने लक्ष्यमा पनि रहने छ । पछिल्ला दुई खेलमा लेस्टर वेस्टह्याम र म्यानचेस्टर सिटीसँग पराजित भएको थियो ।

तर, चार दिन अघि ५२ वर्षपछि एफ ए कपको फाइनलमा पुगेको लेस्टरको मनोबल भने उच्च रहेको छ ।

उता, रेलिगेशनको खतरा कायमै रहेको वेस्टब्रोम पनि पछिल्ला दुई खेलमा उत्कृष्ट नतिजा निकाल्दै आफूलाई शीर्ष लिगमै राख्ने होडमा रहेको छ । आजको खेलमा लेस्टर सिटीविरुद्ध विजयी भए अर्को रेलिगेशन हुने टिम फुलह्यामसँग अंक बराबरी गर्ने छ । वेस्टब्रोमलाई शीर्ष लिगमै रहनका लागि बाँकी खेलमा पनि नतिजा सकारात्मक आउनु पर्ने छ ।

लेस्टर सिटी र वेस्टब्रोमका खेल किंग पावर स्टेडियममा नेपाली समय अनुसार राति पौने १ बजेदेखि शुरुहुने छ ।

लेस्टरकाे सम्भावित ११ 

पीटर शमीचेल, वेस्ले फोफाना, जोनी इभान, कैगलर स्योनकुस्क, मार्क अलब्राइटन, विल्फ्रेड नादीदी, यूरी टाईलेमेन, टिमोथी चेस्टनट, जेम्स मडिसन, जेमी भर्डी, केलची इहनाचो  ।

वेस्ट ब्राेमकाे सम्भावित ११

साम जोनेस्टोन, डेरनेल फर्लांग,डारा ओसिया, काइल बार्टले, कोनोर टाउनसेंड, माट फिलिप्स, ओक्ए योकुस्लु,आन्सले माटल्याण्ड नाइल,कलुम रोबिनसन, म्याथ्युज परेरा, मबाय डायगेन  ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey