शिर्ष स्थानमा रहदै फाइनल पुग्ने लक्ष्यमा नेपाल, सन्दिप टी-२० खेलको शतक नजिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०९
  • |
  • 359 पटक हेरिएको

काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपाल र मलेसियाबीचको समूह चरणको अन्तिम खेल आज हुँदैछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा एक बजे शुरु हुने खेलमा नेपाल आज पनि जित हात पार्दै शीर्ष स्थानमा उक्लदै फाइनल पुग्ने लक्ष्यमा हुने छ । नेपालले अहिलेसम्म तीन मध्य दुई खेलमा जित हात पारेको छ भने एक खेलमा पराजय भोगेको छ ।

वुधबार मलेसिया र नेदरल्याण्ड्सबीचको खेल बराबरीमा सकिएपछि नेपाल र नेदरल्याण्ड्सले फाइनलमा स्थान भने पक्का गरिसकेका छन् । आजको खेलमा मलेसिया पनि जित हात पार्दै प्रतियोगिताको सुखद् अन्त्य गर्ने प्रयासमा हुने छ ।

पहिलो चरणमा मलेसियालाई नेपालले नौं विकेटले पराजित गरेको थियो । आजको खेलमा पनि कुशल भुर्तेल, आशिफ शेखकको प्रदर्शनमा धेरैको नजर हुने छ । यसैगरी नेपालकै स्टार क्रिकेटर सन्दीप लामिछानेले टी २० क्रिकेटमा एक सयौं खेल पनि पुरा गर्नेछन् ।

यदि सन्दिपले आजको खेल खेलेमा उनी एक सयौं टी २० खेल खेल्ने पहिलो नेपाली खेलाडी हुनेछन । उनले टी २० मा राष्ट्रिय टिम भन्दा धेरै खेल फ्रेन्चाइजी लिगबाट खेलेका छन ।

उनले राष्ट्रिय टिमबाट कुल २४ टी २० खेल्दा बाँकी फ्रेन्चाइजी लिगबाट खेलेका छन । आजकाे खेलका लागि नेपाली टिममा केहि परिवर्तन हुने सम्भावना रहेको छ । आजकाे खेलमा मलेसिया विजयी भएको खण्डमा पनि नेपाललाई फरक भने पर्नेछैन । तर त्यसकाे असर बरियतामा भने पर्न सक्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey