पीएसजी सेमिफाइनलमा, इकार्डीकाे ह्याट्रिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०९
  • |
  • 447 पटक हेरिएको

माउरो इकार्डीको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेनले कोपा डी फ्रान्सको सेमिफाइनलमा स्थान बनाएको छ । गएराति भएको खेलमा एंगेर्सलाई पाँच शुन्यको भारी अन्तरले हराउँदै पीएसजीले सेमिफाइनलमा स्थान बनायो ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीले खेलको नबौं मिनेटमा नै अग्रता बनायो । उसका लागि इकार्डीले गोल गर्न सफल भए । त्यसपछि २३ औं मिनेटमा एंगेर्सका मानकेउले आत्मघाती गोल गरेपछि पीएसजीले पहिलो हाफमा दुई शुन्यको अग्रता लियो ।

दोस्रो हाफमा स्टार खेलाडीले भरिएको पीएसजीले तीन गोल थप्यो । ६५ औं मिनेटमा नेयमारले गोल गर्दै टिमलाई तीन शुन्यले अगाडी राखे ।

त्यसपछि ६८ औं मिनेटमा फेरी इकार्डीले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । यसपटक उनले डी मारियाको पासको सदुपयोग गरे ।

खेलको ९० औं मिनेटमा इकार्डीले ब्यक्तिगत ह्याट्रिक पुरा गरे भने टिमलाई पाँच शुन्यको फराकिलो जित दिलाउन सफल भए ।

अर्को खेलमा मोनाकोले ओलम्पिक लियोनेइसलाई दुई शुन्यले हराउँदै सेमिफाइनलमा प्रवेश गर्यो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal