युभेन्टसकाे सहज जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०९
  • |
  • 219 पटक हेरिएको

इटालीयर सिरी ए मा युभेन्टसले पार्मालाई तीन एक गोलले हराएको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितमा एलेक्स सान्द्रोले दुई गोल गरे ।

युभेन्टसले पाहुना टिम पार्माको एक गोलको अग्रतालाई उल्ट्याउन सफल भयो । खेलको २५ औं मिनेटमा ब्रुगमनको गोलमा पार्माले अग्रता बनाएको थियो ।

त्यसपछि ४३ औं मिनेटमा एलेक्स सान्द्रोले गोल गर्दै खेल एक एक गोलको बराबरीमा पुर्याए । उनले डी लिग्टको पासको सदुपयोग गरेका थिए ।

पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा युभेन्टसले दुई गोल गरयो । ४७ औं मिनेटमा सान्द्रोले ब्यक्तिगत दोस्रो गोल गर्दा युभेन्टस दुई एकले अगाडी रह्यो ।

त्यसपछि ६८ औं मिनेटमा क्वाडार्डोको पासमा डी लिग्टले गोल गर्दै युभेन्टसको अन्तर तीन एकमा पुर्याए । बाँकी समयमा दुबै टिमबाट थप गोल हुन सकेन र युभेन्टसले तीन एकको जित निकाल्यो ।

यो जितपछि युभेन्टसले ३२ खेलमा ६५ अंकका साथ तेस्रो स्थानमा यथावत छ । रेलिगेसन जोनमा रहेको पार्माको ३२ खेलमा २० अंक छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal