रियाल ला लिगाकाे शिर्ष स्थानमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०९
  • |
  • 641 पटक हेरिएको

स्पेनीस ला लिगामा रियाल मड्रिडले काडिजलाई तीन शुन्यले हराउँद लिगको शिर्ष स्थानमा फर्किएको छ । गएराति भएको खेलमा रियालको जितमा करिम बेन्जिमाले दुई गोल गरे ।

युरोपियन सुपर लिगको ह्याङ बाँकी रहेकै बेला काडिजविरुद्ध भने रियालले उत्कृष्ट जित निकाल्यो । रियालको खेल भइरहेका बेला मैदानबाहिर भने समर्थकको नारावाजी भइरहेको थियो । रियालका समर्थकले सुपर लिगमा गएको विषयमा विरोध गरेका थिए ।

खेलको ३० औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसका तीन मिनेटमा नै बेन्जिमा कै पासमा आद्रियोजोलाले गोल र्दै रियालले खेल दुई शुन्यको अवस्थामा ल्यायो ।

त्यसपछि खेलको ४० औं मिनेटमा रियालले तेस्रो गोल गर्यो । यसपटक पनि कासेमिरोको पासमा बेन्जिमाले नै उत्कृष्ट गोल गर्दै टिमलाई तीन शुन्यको अगाडी राखे ।

पहिलो हाफमा नै तीन गोल गरेको रियालले दोस्रो हाफमा पनि तीन वटा उत्कृष्ट मौका पाएको थियो । जसमा बेन्जिमाले एउटा सुन्दर मौका खेर फाले ।

यता काडिजले खेलमा फर्कन सकेन र पराजित भयो । यो जितपछि रियालले एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेपछि शिर्ष स्थानमा फर्किएको छ ।

यसका साथै ला लिगाको उपाधि होडपनि निकै रोमाञ्चक बनेको छ । यो सिजनमा ला लिगाको उपाधि होडमा चार क्लव रहेका छन । जसमा रियाल, एट्लेटिको, सेभिया र बार्सिलोना छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal