कायाक स्लालम च्याम्पियनसिपको उपाधि सुमनलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०८
  • |
  • 996 पटक हेरिएको

काठमाडौं । सुमन तामाङले नवौं राष्ट्रिय कायाक स्लालम च्याम्पियनसिपको उपाधि जितेका छन् । धादिङको त्रिशुली नदीमा बुधबार भएको फाइनलमा अन्य ४३ प्रतिस्पर्धीलाई पछि पार्दै सुमनले उपाधि जितेका छन् । यही प्रतिस्पर्धामा राजीप त्रिपाठी दोस्रो र सुरेन्द्र माझीले तेस्रो स्थान हात पारे ।

यसैगरी पाँचौं राफ्टिङ च्याम्पियनसिपअन्तर्गत राफ्टिङको स्प्रिन्ट विधामा नेपाल कायाक क्लबले पहिलो स्थान हात पा¥यो । नेपाल राफ्टिङ एन्ड कायाक क्लब फिस्लिङ दोस्रो र त्रिभुवन आर्मी क्लब ‘बी’ले तेस्रो स्थान हात पा¥यो । राफ्टिङकै हेड टु हेड स्पर्धामा नेपाल कायाक क्लब र नेपाल राफ्टिङ एन्ड कायाक क्लब फिस्लिङ फाइनलमा पुगेका छन् ।

च्याम्पियनसिपको पहिलो, दोस्रो र तेस्रो स्थान हात पार्ने खेलाडीले आकर्षक नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्ने नेपाल राफ्टिङ एन्ड क्यानोइङ संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक सूर्यप्रसाद जोशीले जानकारी दिए ।

मंगलबारबाट सुरु भएको च्याम्पियनसिपमा कायाकमा ५० जनाले प्रतिस्पर्धा गरेका थिए । यस्तै राफ्टिङको तीन विधामा १० टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey