साल्के रेलिगेसनमा पर्दा समर्थकको खेलाडी र स्टाफमाथि आक्रमण

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०८
  • |
  • 300 पटक हेरिएको

बुन्डेसलिगामा ३३ बर्षपछि बुन्डेसलिगामा रेलिगेसनमा परेको साल्केका चार खेलाडी र स्टाफमा आक्रमण भएको छ ।

बुधबार अर्मीनियासँग एक शुन्यको हार ब्यहोरेपछि दोस्रो डिभिजनमा झर्ने पक्का भएपछि क्लवकै समर्थकले आक्रमण गर्नुका साथै धम्की पनि दिएका छन ।

साल्केले घरेलु लिगमा २१ खेलमा हार ब्यहोरेको छ । जसका कारण रोयल ब्लु उपनामले परिचित साल्के दोस्रो डिभिजनमा झर्ने पक्का भएको हो ।

खेलका अगाडी पाँच देखि ६ सय समर्थक रंगशाला बाहिर जम्मा भएका थिए । जसमा उनीहरुले चार खेलाडी र स्टाफमाथि अण्डा प्रहार गर्नुका साथै धम्की पनि दिएको बताइएको छ ।

जर्मनीमा साल्केको आफ्नो छुट्टा फ्यान फलोइङ रहेको छ । सन् २०१८ मा मात्र बुन्डेसलिगाको उपविजेता बनेको साल्के यो सिजनमा भने निकै तल रह्यो । उसले सन् २०१८ मा कुल ७६ गोल गरेको थियो । जुन सन् २००० पछि कुनैपनि टिमले गरेको सर्वाधिक गोल थियो ।

साल्के बुन्डेसलिगामा रेलिगेसनमा परेको समग्रमा चौथो र १९८८ पछि पहिलो पटक हो । उसले सातौं पटक जर्मन उपाधि जितेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey