जिम्बावेविरुद्धको पहिलो टी-२० खेलमा पाकिस्तान विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०८
  • |
  • 401 पटक हेरिएको

जिम्बावेविरुद्धको पहिलो टी २० खेलमा पाकिस्तान ११ रनले विजयी भएको छ । जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा एक शुन्यको अग्रता बनाएको छ ।

हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४९ रन बनाएको थियो ।

उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा मोहम्मद रिजवानले ८२ रन बनाए भने फकर जमानले १३ र डानीस अजिजले १५ रनको योगदान गरे । अरु खेलाडी सस्तैमा आउट भए ।

जवाफमा जिम्बावे २० ओभरमा सात विकेट गुमाउँदा एक सय ३८ रनमा रोकियो ।

उसका लागि क्रेग इर्भिनले ३४, तिनासीले २९, लुकी जोङ्वीले ३० रन बनाए भने रायन बुर्ल र वेस्ले माधेभेरेले १४–१४ रन बनाए ।

बलिङमा पाकिस्तानका उस्मान कादिरले तीन तथा मोहम्मद हस्नेनले दुई विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey