मलेसियाले नेदरल्याण्ड्सबाट पायो एक सय २० रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०८
  • |
  • 488 पटक हेरिएको

मलेसियाले पायो एक सय आठ रनको लक्ष्यत्रिकोणात्मक टी २० सिरिजमा नेदरल्याण्ड्सले मलेसियालाई एक सय २० रनको लक्ष्य दिएको छ ।

बर्षाका कारण १३ ओभरमा झारिएको खेलमा नेदरल्याण्ड्सले सात विकेट गुमाउदै एक सय सात रन बनायो ।

तर डक वर्थ एण्ड लुइसको नियमका आधारमा मलेसियाले एक सय २० रनको लक्ष्य पायो ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले १० ओभर दुई बलमा तीन विकेट गुमाएर ६८ रन बनाउँदा बर्षाले खेल रोकिएको थियो । जसका कारण त्यसपछि सुरुहुँदा खेल १३ ओभरमा झारिएको हो ।

खेलको सुरुवातमा मलेसियाले नेदरल्याण्ड्सलाई निकै दबावमा राखेको थियो । उसले डच टिमको स्कोर २२ रन हुँदा तीन विकेट लिएको थियो । तर त्यसपछि पिटर सेलार र बेन कुपरविच ६६ रनको साझेदारी हुँदा टिम सम्हालिएको थियो ।

नेदरल्याण्ड्सका लागि कुपरले ५४ रन बनाए भने सेलारले ३७ र एन्टोनियुस स्टालले १० रनको योगदान गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey