जीएचसीए ‘बी’ यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ काे सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०७
  • |
  • 718 पटक हेरिएको

जीएचसीए ‘बी’ एभरफन एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ मा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

जीएचसीए ‘बी’ ले आयोजक एन्जस्ल नेसनल स्कुललाई १८ रनले पराजित गर्दै समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । ओसिस सोही समूहको विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो ।

जीएचसीए ‘बी’ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३८ रन बनायो । इशान श्रेष्ठले ३१ तथा निश्चल केसीले २३ रन जोडे । एन्जल्सका प्रतीक पण्डितले ३ तथा जोय थापाले २ विकेट लिए ।

एन्जल्स १९.५ ओभरमा १ सय २० रनमा अलआउट भयो । युवराज खत्रीले ४० तथा सत्यम बस्नेतले ३० स्कोर गरे । जीएचसीए ‘बी’ का वंश क्षेत्री, प्रजित कुँवर र गोकुल अधिकारीले समान ३ विकेट हात पारे । ‘म्यान अफ द म्याच’ गोकुलले ब्याटिङतर्फ पनि २० रन बनाए ।

अर्को लिगमा मोफसलको टोली प्याट्रियोटिक क्रिकेट एमेडेमी, झापाले लगातार दोश्रो जित दर्ता गर्‍यो । प्याट्रियोटिकले जीएचसीए ‘ए’ लाई १२३ रनको विशाल अन्तरले हरायो । प्याट्रियोटिकले पूरै ओभर खेल्दै ४ विकेट क्षतिमा १७५ रनको योगफल खडा ग¥यो । सुदीप पौडेलले नटआउट ६७ तथा उज्ज्वल काफ्लेले ५८ रन प्रहार गरे । जीएचसीए ‘ए’ का प्रशान्त महतोले ३ विकेट लिए ।

जवाफमा जीएचसीए ‘ए’ १७.२ ओभरमा अलआउट हुनुअघि मात्र ५२ रनमा समेटियो । असम थापाले १० तथा अनुभव खनालले ८ रन जोडे । बलिङतर्फ ‘म्यान अफ द म्याच’ प्याट्रियोटिकका श्रीयोग भट्टराईले ४ विकेट हात पारे ।

प्रतियोगिताअन्तर्गत बुधबार लिगको अन्तिम खेलमा एन्जल्स ‘बी’ ले प्याट्रियोटिकको सामना गर्ने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey