नेपाल सुपर लिगमा प्रयाेग हुने बल सार्वजनिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०७
  • |
  • 942 पटक हेरिएको

बैशाख ११ गतेबाट सुरु हुने नेपाल सुपर लिग फुटबलको अफिसियल खेलमा प्रयोग हुने बल सार्वजनिक गरिएको छ ।

नेपाल सुपर लिगका बेला निभियाको बल प्रयोग गरिने भएको छ । जसका लागि आज दुबै पक्षविच सम्झौता भएको छ ।

एनएसएलमा आधिकारिक बल पार्टनरका रुपमामा निभिया प्रयोग हुने मंगलबार एनएलएलको आयोजना नेपाल स्पोर्टस् एन्ड म्यानेजमेन्टकी अध्यक्ष आश्रयता कार्की चौधरी र निभियाका नेपाल प्रतिनिधि किशोर थापरले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सात टिमको सहभागिता रहेका एनएसएलको खेल तालिकापनि सार्वजनिक भइसकेको छ ।

यसका साथै प्रतियोगिताका लागि सबै टिमले तयारी पनि सुरु गरिसकेका छन ।

जेठ एक गतेसम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं र ललितपुरविच प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey