ललितपुर सिटी एफसीका आधा दर्जन खेलाडीमा चोट

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०६
  • |
  • 578 पटक हेरिएको

नेपाल सुपर लिगको तयारीमा रहेको ललितपुर सिटी एफसी यतिबेला प्रतियोगिताको तयारीमा ब्यस्त रहेको छ । तर टिमका खेलाडीमा चोटको समस्याले पिरोर्न थालेको छ ।

एनएसएल आउन मात्र पाँच दिन बाँकी रहेका बेला ललितपुर टिमका आधा दर्जन खेलाडीलाई चोटले सताएको छ । टिमका प्रशिक्षक प्रदिप हुमागाईले टिमका १७ खेलाडीमा आधा दर्जन खेलाडीलाई चोटले सताएको बताएका छन । उनले टिमका केहि मुख्य खेलाडीलाई चोट लागेकाले केहि दबाव बढेको बताएका छन ।

अञ्जन विष्ट मार्की खेलाडी रहेको ललितपुरमा सात जना खेलाडी चोट ग्रस्त रहेको उनले बताए । जसमा कमल श्रेष्ठ, पाल्साङ लामा, रञ्जन विष्ट, गौरव बुढाथोकी, मिक्चेन तामाङ, अर्पण कार्की, विदेशी खेलाडी मिलिम पोसिन्कोभिकलाई चोट लागेको छ ।

उनीहरुमा कसैको एंग्ल, कसैको घुँडा, कसैको ह्यामस्टिङमा समस्या दिएको छ । खेलाडीमा चोट देखिएपछि उनीहरुले एनएसएल खेल्न सक्ने नसक्ने अन्योल रहेको छ । उनीहरु अहिले फिजियोथेरापीमा लागेका छन ।

ललितपुर प्रतियोगिताका लागि एक जना विदेशी खेलाडी भित्र्याउने तयारीमा छ। ललितपुरले अक्सनबाट रोहित कार्की, सरोज लामा, निरज बस्नेत, एरिक विष्ट, पाल्साङ लामा, अर्पण कार्की, कमल श्रेष्ठ, प्रवेश दनुवार, मिक्छेन तामाङ, नवीन लामा, विमल राना, रञ्जन विष्ट, विनोद गुरुङ र गौरव बुढाथोकीलाई खरिद गरेको थियो ।

ललितपुर एफसीले प्रदिपलाई चैत्र ९ गते क्लबको प्रशिक्षकमा नियुक्त गरेको थियो । बैशाख ११ गतेबाट शुरु हुने एनएसलमा ललितपुरसँगै काठमाण्डौ रेजर्स,विराटनगर सिटी एफसी,पोखरा थन्डर्स,धनगढी एफसी र बुटवल लुम्बिनी एफसीको सहभागिता रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey